STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपालले उचाल्यो प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि

Janjati Khabar – Janjati Khabar | २०७९ चैत्र १७, शुक्रबार

 

काठमाडौं - प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि नेपालले जितेको छ । शुक्रबार दशरथ रंगशालामा भएको खेलमा लाओसलाई २–१ ले हराउँदै नेपालले उपाधि उचाल्न सफल भएको हो ।

खेलको पहिलो हाफमा नेपाल र लाओसको स्कोर १–१ बराबरी थियो । खेलको दोस्रो हाफको ८७ औं मिनेटमा मनिष डाँगीको सुन्दर गोलसँगै लाओस १ गोलले पछि पर्यो ।

खेलको १७ ‌औं मिनेटमा फौथाभोङ साङभिलेले गोल गर्दै लाओसलाई अग्रता दिलाएका थिए । त्यसपछि नेपालविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गरे पनि लाओस गोल गर्न असफल भयो ।

Categorized in खेलकुद