STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपालमा पहिलोपटक नृत्य महोत्सव हुने

Janjati Khabar – विजयरत्न असंबरे | २०८० बैशाख १०, आइतबार

नेपालमा पहिलोपटक नृत्य र नृत्य सम्बन्धि वृहत चर्चा सहितको महा उत्सवको रुपमा ‘नेपाल डान्स फेस्ट’ हुने भएको छ। वैशाख १५ र १६ गते विशालबजार रुफटपस्थित बेन्टो लाउन्ज एण्ड बारमा २ दिने फेस्टिभल हुन लागेको आयोजक निशिला शाक्यले बताउनु भएको छ।  

इम्पल्स एकेडेमी अफ पर्फमिङ आर्ट्स् र बेली डान्स नेपालको आयोजानामा हुन लागेको उक्त फेस्टिभलमा नृत्य क्षेत्रका विभिन्न कलाकारहरूको सहभागिता रहने बताइएको छ । 

फेस्टिभलमा ३२ घण्टा वर्कसप,  फरक फरक शैलीका २५ भन्दा बढी डान्सका प्रस्तुति, विभिन्न शो र लाइभ जाम हुनेछ। आफ्टर पार्टी भने अन्तिम दिन क्लब प्लाटिनममा हुनेछ। 

फेस्टिभलमा सहभागी हुनका लागि ५ सयदेखि १ हजार सम्म शुल्कमा प्रवेश पाउन सक्ने बताइएको छ । फेस्टिभलमा डान्स आर्टिस्ट लगायत सर्वसाधारणहरू समेत सहभागी हुन सक्नेछन्। फेस्टिभलमा आकर्षक स्टलका साथै विभिन्न गतिविधिहरू पनि हुने भएकोछ। 

नेपालका डान्स आर्टिस्टहरू अर्थात नृत्य कलाकारहरुलाई एकै ठाउँ जोड्न उक्त फेस्टिभलको आयोजना गरिएको इम्पल्स एकेडेमी अफ पर्फमिङ आर्ट्स्को संस्थापक निर्देशक निशिला शाक्यले बताउनु भयो। 

निशिला र बेली डान्स नेपालकी निर्देशक पिंकी सापकोटाले यो फेस्टको आयोजना गरेका हुन्। 

पछिल्लो पुस्ताका डान्सरहरू सँग धेरै सम्भावना भए पनि अवसर नभएकाले पछि पर्नुपर्ने बाध्यता रहेको शाक्यको ठहर छ । उहाँका अनुसार डान्स कलाकारहरूको एकताका लागि पनि यो फेस्टिभलले सन्देश दिनेछ।

Categorized in साहित्य-कला