STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपालभाषा एम.ए. सञ्चालन गर्न रत्नराज्यलक्ष्मी क्याम्पसलाई सहयोग

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण १८, बुधबार

काठमाडौँ महानगरपालिकाले रत्नराज्यलक्ष्मी क्याम्पस, प्रदर्शनी मार्गमा नेपालभाषाको एम ए कक्षा सञ्चालन गर्न आर्थिक सहयोग गरेको छ । बुधबार महानगरका मेयर विद्यासुन्दर शाक्य र क्याम्पस प्रमुख प्रा. डा. जीवनधर ज्ञवालीले यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

हस्ताक्षरपछि मेयर शाक्यले क्याम्पस प्रमुख ज्ञवालीलाई चालु शैक्षिक सत्रका लागि १५ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको थियो । त्यस अवसरमा प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालसहित अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।
 
गएको कार्तिक १६ गते बसेको महानगरको ७० औँ कार्यपालिका बैठकले त्रिभुवन विश्वविद्यालयअन्तर्गत रत्नराज्यलक्ष्मी क्याम्पसको स्नातकोत्तर तहमा नेपाल भाषा अध्यापन गराउन महानगरपालिकाले वार्षिक १५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।
 
संविधानले मौलिक अधिकारका रुपमा राखेको स्वास्थ्य र शिक्षाका क्षेत्रमा माग र आवश्यकताका आधारमा महानगरले लगानी गरेको छ ।
स्थानीय भाषा जोगाउन स्थानीय सरकारको दायित्व पूरा गर्दै  रत्नराज्यलक्ष्मी क्याम्पसमा नेपाल भाषा पढाउन सहयोग गरेको कुरा मेयर शाक्यले बताउनु भएको छ भने सम्झौता अवसरमा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले आधारभूत तहदेखि स्नातकोत्तर तहसम्म नेपालभाषा अध्ययन अध्यापन गर्न महानगरको सहयोग रहेको बताउनुभयो । यसबाट स्थानीय चाडवाड, जात्रा पर्व, संस्कार, संस्कृति बुझ्न सहज हुने उहाँको विश्वाश थियो ।

महानगरले उपलब्ध गराएको रकम भवनको भौतिक संरचना निर्माण गर्ने, २ जना शिक्षकलाई तलब दिने, पुस्तकालय निर्माण गर्ने र प्रशासकीय काम गर्ने प्रयोजनमा खर्च गर्नुपर्नेछ।

Categorized in शिक्षा