STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपालभाषाको स्थानीय पाठ्यक्रम पढाउन सबै विद्यालयलाई पत्राचार

Janjati Khabar – जनजातिखबर संवाददाता | २०७७ कार्तिक १७, सोमबार

काठमाडौं – आफू मातहतका सबै विद्यालयहरुलाई नेपालभाषाको स्थानीय पाठ्यक्रम पढाउन काठमाडौं महानगरपालिकाले पत्र पठाएको छ ।

महानगरपालिकाको असोज १९ गते बसेको ५१ औं बैठकमा महानगरपालिकाअन्तर्गत संचालित सबै विद्यालयहरुमा शैक्षिक सत्र २०७७ देखि आधारभूत तह (कक्षा १ देखि ८ सम्म) नेपालभाषाको स्थानीय पाठ्यक्रम लागु गर्ने निर्णय भएको थियो । यही निर्णयअनुसार सबै विद्यालयलाई सो पाठ्यक्रम पढाउन महानगरपालिकाको शिक्षा विभागले पत्राचार गरेको हो ।

साथै आफू मातहतका सबै विद्यालयहरुलाई महानगरपालिकाको शिक्षा विभागमा सम्पर्क गरी एक एक प्रति नेपालभाषाको स्थानीय पाठ्यक्रम लैजान समेत विभागले जानकारी गराएको छ ।

Categorized in उपत्यका