STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपालभाषाको भर्चुअल हाइकु वाचन

Janjati Khabar – जनजातिखबर संवाददाता | २०७७ आश्विन १९, सोमबार

काठमाडौं – नेपालभाषा साहित्यको क्षेत्रमा भर्चुअल हाइकु वाचन कार्यक्रम सम्पन्न भएको छ ।

नेवाः हाइकु ख्यः नाम संस्थाको आयोजनामा भएको चौथो ‘भर्चुअल नेवाः हाइकु वाचन’ कार्यक्रम गत शनिबार सम्पन्न भएको हो ।

दिलबहादुर पुंको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा ईश्वरीमैयाँ श्रेष्ठ, ज्ञानीशोभा तुलाधर, दिव्य ताम्राकार र न्हुच्छेलक्ष्मी धूसःलगायतले हाइकु वाचन गरेका थिए ।

कार्यक्रममा वाचित हाइकुहरुको समीक्षा धु्रव मधिकर्मीले गरेका थिए ।

केशरमान ताम्राकारको प्राविधिक सहयोगमा भएको सो हाइकु वाचन कार्यक्रमलाई सुरेश प्रधानले संचालन गरेका थिए ।

 

Categorized in साहित्य-कला