STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपालभाषाका विश्वास बज्राचार्य र लक्ष्मी कुमार महर्जन लगायत सिल्भर अन्तर्राष्ट्रिय संगीत सम्मानबाट सम्मानित

Janjati Khabar – विजयरत्न असंबरे | २०८० जेठ ३०, मंगलबार

प्रियसी म्युजिक प्रा.लि.को आयोजनामा  आइतवार मलेसियाको क्वालालाम्पुरमा सम्पन्न दोस्रो सिल्भर अन्र्तराष्ट्रिय संगीत सम्मानमा नेपालभाषाको संगीत क्षेत्रका दुई सशक्त प्रतिभाहरु  लक्ष्मी कुमार महर्जन -सर्बोत्कृष्ट मोडेल नेपालभासा तर्फ र बिश्वास बज्राचार्य – सर्बोत्कृष्ट म्युजिक भिडियो निर्देशक नेपालभाषा तर्फ सम्मानित भएका छन् ।

सम्मान तथा बिबिध साँस्कृतिक कार्यक्रमका सम्पन्न सो समारोहका सहभागी हुनका  लागि नेपालबाट अभिनेता पल शाह, गायक एस कुमार, चलचित्र निर्माता तथा गायक बिक्रम जंग शाह, मध्यपुर ठिमी नगरपालिका पुर्व नगरप्रमुख मदन सुन्दर श्रेष्ठ, कार्यक्रम निर्देशक राजेन्द्र पुरीलगायत थाइल्याण्ड सिंगापुर हुदै मलेसिया पुगेका थिए ।

कार्यक्रम निर्देेशक पुरी को सभापतित्वमा सम्पन्न सो समारोहमा मलेशियाका लागि नेपालका राजदूत डिल्ली राज पौडेलको प्रमुख आथित्य मा भएको थियो । सो समारोहमा बिशेष अतिथिका रुपमा मध्यपुर ठिमी नगरपालिकाका निवर्तमान नगर प्रमुख मदन सुन्दर श्रेष्ठ ,अन्तर्राष्ट्रिय हिन्दुमहासघ का महासचिव उत्तम राज भण्डारी र एनआरएन मलेशियाका अध्यक्ष बिनोद थापा सहभागि भएका थिए ।

सो समारोहमा लाइफ टाइम एचिभमेन्ट अवार्ड लोकगायक नवराज घोरासैनीलाई प्रदान गरिएको थियो । मनोरञ्जन पत्रकारिता तर्फ थानेस्वर अधिकारी सम्मानित हुँदा कला सम्मान बाट मोडेल अमन श्रेष्ठलाई सम्मान गरिएको थियो ।

मलेशियाका स्थानीय गायिका लिम सिस्टर सहित गायक घमेश दुलाल, नबराज घोरासैनी, लक्ष्मण श्री, पल्मु शेर्पा, निमा पाख्रीन लामा, आशा लामा लगायतले सो समारोहमा सांगितिक प्रस्तुति दिएका थिए । कार्यक्रम सम्पन्न गर्नका लागि एनआरएन मलेसियाका अध्यक्ष थापा ले ५१ हजार नेपाली रुपैया सहयोग गरेका थिए । अवार्डको मुख्य निर्णायकका रुपमा राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष एबं चलचित्र निर्माता बिक्रमजंग शाह रहेका थिए । कार्यक्रम नेपालमा रहेर गीत संगीत ,पत्रकारिता र सामाजिक रुपान्तरणका क्षेत्रमा सहयोग पुर्याउनेहरुलाई सम्मान र अवार्ड प्रदान गरिएको थियो । कार्यक्रमको मिडिया पार्टनर देशान्तर मिडिया र उद्धार खवर अनलाईन रहेका थिए ।

 

अवार्ड बिजेताहरु 

पल शाह – सर्बोत्कृष्ट आधुनिक मोडल पुरुष

घर्मेश दुलाल – सर्बोत्कृष्ट लोक दोहोरी गायक

 यसकुमार -सर्बोत्कृष्ट आधुनिक गायक

आशा लामा – सर्बोत्कृष्ट लोक दोहोरी गायिका

सन्ध्या सानू -सर्बोत्कृष्ट लोक दोहोरी मोडेल महिला

पल्मु शेर्पा – सर्बोत्कृष्ट सेलो गायिका

निमा पाख्रीन लामा – सर्बोत्कृष्ट सेलो गायक

लक्ष्मी कुमार महर्जन -सर्बोत्कृष्ट मोडेल नेपाल भासा

बिश्वास बज्राचार्य – सर्बोत्कृष्ट म्युजिक भिडियो निर्देशक नेपाल भाषा

जीवन परियार -सर्बोत्कृष्ट लोक दोहोरी लय

लक्ष्मण श्री- सर्बोत्कृष्ट सर्बोत्कृष्ट लोक आधुनिक गायक

राजेश बर्देवा – सर्बोत्कृष्ट लोक पप गायक

 केशब भुसाल  – सर्बोत्कृष्ट लोक दोहोरी नब मोडेल

 गणेश राज भन्डारी – सर्बोत्कृष्ट आधुनिक नब मोडेल

 भोज कुमार श्रेष्ठ – सर्बोत्कृष्ट टेलि चलचित्र कलाकार

 दावा लामा – सर्बोत्कृष्ट प्रोडुसर

 कुमार खड्का- सर्बोत्कृष्ट समाजसेवि

 सुदिप भट्टराई – सर्बोत्कृष्ट आधुनिक गीतकार

 दोर बहादुर कटुवाल – सर्बोत्कृष्ट म्युजिक भिडियो छायाकार

 नवीन परियार – लोक दोहोरी नब गायक

Categorized in साहित्य-कला