STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपालभाषाका महिला कथाकारहरुको अनलाइन कथावाचन

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १०, शनिबार

काठमाडौं – नेपालभाषाका ५ जना महिला कथाकारहरुले संयुक्त रुपमा अनलाइन कथावाचन गरेका छन् । वल्र्ड नेवाः अर्गनाइजेशन युएसएले आयोजना गरेको अनलाइन कथावाचन गोष्ठीमा डा. रीना तुलाधर, लोचनतारा तुलाधर, निजिरोस श्रेष्ठ, दिव्या ताम्राकार र रिता महर्जनले आ–आफ्ना कथा वाचन गरेका थिए । जुम एपमार्फत् जेठ १० मा गरिएको कथा वाचन गोष्ठीमा अर्गनाइजेशनका सांस्कृतिक दूत वासव राजोपाध्याय र अर्गनाइजेशनकातर्फबाट केशर ताम्राकारको पनि उपस्थिति रहेको थियो । अर्गनाइजेशनले यस अघि नेपालभाषाका विश्व कविता वाचन गोष्ठी र विश्व कथा वाचन गोष्ठी आयोजना गरिसकेको छ । (कथा वाचन गोष्ठीलाई यहाँ क्लिक गरी हेर्न सक्नुहुनेछ ।)
Categorized in सिनेमा