STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपालगञ्जमा सोल्टी होटल

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ४, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार नेपालगञ्जको ‘सोल्टी वेस्टेण्ड प्रिमियर’ उद्घाटन गरेपछि व्यवसायीहरु उत्साहित भएका छन्  । एक वर्ष पहिले नै सञ्चालनमा आएको सो होटल नेपालकै पहिलो ग्रिन पाँच तारे होटल भएको होटलका महाप्रबन्धक इन्द्र खड्काले बताउनुभयो ।  खड्काले भन्नुभयो,“ नेपालगञ्जमा आर्थिक गतिविधि बढाउन र रोजगारी वृद्धिमा होटलले सहयोग पु¥याउनेछ ।”
सो अवसरमा जिल्लास्थित जनप्रतिनिधि, उद्योगी व्यवसायी, राजनीतिक दलका नेता र नागरिक अगुवाको सहभागिता थियो ।  होटल व्यवसायी महासङ्घ प्रदेश नं ५ का अध्यक्ष भाष्कर काफ्लेले आफूहरु उत्साहित भएको बताउनुभयो ।  नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले प्रधानमन्त्रीसँग भेटघाट गरेर उद्योगी व्यवसायीले आफ्ना कुरा राख्न पाएकामा खुशी व्यक्त गर्नुभयो । सो अवसरमा  ऊर्जामन्त्री वर्षमान पुन, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, पूर्वसभामुख ओनसरी घर्तीलगायत  सहभागी हुनुहुन्थ्यो । 
होटलका महाप्रबन्धक खड्काका अनुसार जिरो कार्बन फुटप्रिन्ट र   वातावरण अनुकूलनका लागि रेडियन टेक्नोलोजीको प्रयोग गरिएको उक्त होटलमा फोहर व्यवस्थापन प्रविधिले फोहर प्रशोधन गरी तरल पदार्थलाई पानीका रुपमा प्रयोग गर्ने प्रविधि जडान गरिएको छ । सोल्टीलाई कार्बनडाइअक्साइड उत्पादन नगर्ने नेपालको पहिलो होटलका रुपमा मानिएको  छ । करीब ३८ कट्ठा क्षेत्रफलमा निर्माण गरिएको उक्त होटल काठमाडौँस्थित सोल्टी होटलको पहिलो भगिनी होटल हो । रु एक अर्ब २५ करोडभन्दा बढी खर्च भइसकेको होटलमा ८१ कोठा छन् । बार, रेष्टुराँ, ब्याङ्क्वेटका साथै सेवाग्राहीले स्पा, जिम, स्टिम बाथ र  स्विमिङपुलको सुविधा लिन सक्ने खड्काले बताउन्ुभयो । 
 
Categorized in बिजनेस