STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपालको दोस्रो लामो पुलमा बाढीले क्षति

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ २३, बुधबार

दाङ - दाङको देउखुरीको राप्ती नदीमा आएको बाढीले नेपालको दोस्रो लामो पुलमा क्षति पुर्याएको छ । पुलको छेउछाउमा बाढीले क्षति पुर्याएपछि यातायात बन्द भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

लुम्बिनी प्रदेशको स्थायी राजधानीको केन्द्र तोकिएको राप्ती र गढवा गाउँपालिका जोड्ने पुलको लम्बाइ आठ सय ६० मिटर र चौडाइ साढे १० मिटर रहेको छ ।

२०७७ माघ १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण भइसकेको ६ महिना बितिसकेपछि उद्घाटन गरेका थिए ।

राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती नदीको पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मङ्सिर २२ गते शिलान्यास गरेका थिए ।

नेपालको सबैभन्दा लामो पुल बर्दियाको कोठियाघाटमा रहेको कर्णाली नदीमा छ । यस पुलको लम्बाइ एक हजार १५ मिटर छ जसलाई ‘गेरुवा पुल’ पनि भनिन्छ ।

Categorized in राष्ट्रिय