STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपालको एसियन कप खेल्ने सपना अधुरै

Janjati Khabar – Janjati Khabar | २०७८ आश्विन ५, मंगलबार

काठमाडौं - हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि नेपालको एएफसी महिला एसियन कप–२०२२ छनोटको यात्रा समाप्त भएको छ ।

उज्वेकिस्तानमा भइरहेको समूह एफ अन्तर्गतको दोस्रो खेलमा मंगलबार नेपाल हङकङसँग गोलरहित बराबरीमा रोकिएसँगै नेपाल समूह चरणमा जितविहीन रहँदै बाहिरियो ।

पहिलो खेलमा फिलिपिन्ससँग २–१ गोलले पराजित भएको नेपालले एसियन कप पुग्ने सम्भावना कायम राख्न नेपालले हङकङलाई पराजित गर्नैपर्ने थियो । पहिलो खेलमा फिलिपिन्ससँग अग्रता लिएर पनि कायम राख्न नसक्दा अन्तिममा पराजित भएको थियो ।

नेपालको महिला टिमले ३२ वर्षपछि हङकङसँग खेलेको हो । यसअघि सन् १९९९ मा एसियन च्याम्पियनसिपमै यी दुई टोली पछिल्लो पटक खेलेका थिए ।

यसअघि तीन पटक एसियन कप खेलिसकेको नेपालले पहिलो पटक छनोट खेलेको हो । दुई खेल खेलिसकेको नेपालले एक अंक मात्र जोड्न सक्यो । फिलिपिन्सको ३ अंक छ भने हङकङको एक अंक छ ।

अब फिलिपिन्स र हङकङबीच हुने समूहको अन्तिम खेलपछि समूह विजेताको टुंगो लाग्नेछ । समूह विजेता मात्र अर्को वर्ष भारतमा हुने एसियन कपमा छनोट हुनेछ ।

Categorized in खेलकुद