STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेता मानन्धरको निधनमा राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

Janjati Khabar | २०७७ चैत्र १७, मंगलबार


राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका नेता विष्णुबहादुर मानन्धरको निधप्रति दुःख व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत स्वर्गीय मानन्धरप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । राष्ट्रपतिले शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्नुभएको छ । नेता मानन्धरको सोमबार साँझ निधन भएको हो ।

यसैबीच वामपन्थी नेता मानन्धरको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिवङ्गद नेता मानन्धरको शवमाथि पार्टीको झण्डा ओढाउनुभयो । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, गणेश साहलगायतले अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।

अपूरणीय क्षति Mअध्यक्ष दाहाल

त्यसअघि माओवादी केन्द्रका अध्यक्ष दाहालले नेता मानन्धरको निधनले नेपालको सिङ्गो किसान आन्दोलन र कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति भएको बताउनुभएको छ । अध्यक्ष दाहालले शोक वक्तव्यमार्फत नेता मानन्धरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

नेता मानन्धरले विसं २००७ मा आफ्नै घरबाट विद्रोहको विगुल फुक्नुभएको स्मरण गर्नुहुँदै अध्यक्ष दाहालले विसं २००९ को रौतहटको चर्चित किसान आन्दोलनमा अग्रणी भूमिका खेल्नुभएको बताउनुभएको छ । नेपालको वामपन्थी आन्दोलनमा नेता मानन्धरले पु¥याउनुभएको योगदान सधैँ स्मरणीय रहिरहने अध्यक्ष दाहालको भनाइ छ ।

Categorized in राष्ट्रिय