STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेकपा विवाद : सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधारमन्त्री बर्खास्त

Janjati Khabar – Janjati Khabar | २०७७ पौष १४, मंगलबार

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरिएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले बोहरालाई पदमुक्त गरेका हुन् । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विभाजनसँगै त्यसको असर प्रदेश सरकारमा समेत देखिएको हो ।

प्रचण्ड–माधव पक्षका मुख्यमन्त्री त्रिलोचन भट्टले ओली पक्षका सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री बोहरालाई बर्खास्त गरेका हुन्।

मुख्यमन्त्री भट्टले बोहरालाई पदमुक्त गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए ।

डडेल्धुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित बोहरा ५ फागुन, २०७४ मा भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका थिए।

बोहरा सुदूरपश्चिममा ओली समूहका एक्ला मन्त्री थिए । नेकपा प्रचण्ड–नेपाल समूहका सुदूरपश्चिम इन्चार्ज भीम रावलको दबाबपछि मुख्यमन्त्रीले उनलाई पदमुक्त गरेको आकलन गरिएको छ ।

Categorized in राजनीति