STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी

Janjati Khabar – Janjati Khabar | २०७८ मङ्सिर १४, मंगलबार

१४ मंसिर, सौराहा - नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् ।

अध्यक्षका प्रत्यासी भीम रावललाई पराजित गर्दै ओली दोस्रोपटक एमालेको अध्यक्षमा निर्वाचित भएका हुन् । नवौँ महाधिवेशनमा माधवकुमार नेपाललाई पराजित गरेर अध्यक्षमा चुनिएका ओलीले १०औँ महाधिवेशनमा रावललाई पराजित गरे ।

कूल खसेको दुई हजार ९६ मतमध्ये ओलीले १८०८ मत पाए भने उनका प्रतिद्वन्द्वी रावलले २१३ मत पाए । ओलीले १०औँ महाधिवेशनमा सर्वसम्मतिबाट अध्यक्ष बन्ने कसरत गरेका थिए ।

उनले आफूलाई अध्यक्ष तोक्दै १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेर बन्दसत्रबाट अनुमोदन गराएका थिए ।

तर, रावलले अध्यक्षको उम्मेदवारीबाट पछि नहट्ने अडान लिएपछि सर्वसम्मत अध्यक्ष चुनिने ओलीको चाहना पूरा हुन सकेन ।

अध्यक्षमा पराजित भए कुनैपनि पदमा बस्दिन्ः भीम रावल

नेकपा एमालेका निवर्तमान उपाध्यक्ष भीम रावलले आफू अध्यक्षमा निर्वाचित नभए पार्टीको कुनै पनि कमिटीमा नबस्ने घोषणा गरेका छन् ।

अध्यक्ष पदमा उम्मेदवारी दिएका रावलले आफू त्यो पदमा विजयी नभए स्वतहः पार्टी कमिटी बाहिर हुने प्रतिक्रिया दिएका हुन् ।

मंगलबार चितवनको सौराहामा नेतृत्व चयनका लागि भएको निर्वाचन सकिएलगत्तै उनले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा आफूले केन्द्रिय कमिटीको सदस्यको लागि उम्मेदवारी नदिएको दोहो¥याउँदै त्यसमा सपथ लिन नसक्ने पनि स्पष्ट पारे ।

अध्यक्षका उम्मेदवार रावलले भने, ‘मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छैन । र अध्यक्ष पदमा विजय भए सपथ लिन्छु । अरुमा त मैले भेरेकै छैन भन्ने कुरा मेरो यथावत छ । अव प्रतिनिधिहरुले मत दिएनन भने त कमिटी बाहिर बस्ने कुरा त सामान्य नै हो नि, मेरो लागि । त्यो त केही छैन ।’

 

रावलले पार्टीको आठौं महाधिवेशनमा पनि आफूले केन्द्रीय सदस्यमा उम्मेदवार नदिएकाले सपथ नलिएको पनि स्मरण गराए ।

उनले महाधिवेशनको मत परिणाम २ घण्टा भित्रै आउने आफूले अपेक्षा गरेको पनि बताए । रावलले निवर्तमान अध्यक्ष ओलीसँग अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

Categorized in राजनीति