STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नील शाक्यको संगीतमा हिन्दी गीत

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ माघ ४, मंगलबार

नेपालभाषाको गीतसंगीतको क्षेत्रमा लामो समयदेखि सकृय रहँदै आएका लोकप्रिय संगीतकार नील शाक्यद्वारा संगीतबद्द एउटा हिन्दि गीत सार्वजनिक हुने तर्खरमा छ ।

लोकप्रिय गायिका मनिषा पोखरेलद्वारा स्वरबद्द " दिल से दिल" बोलको यो गीतको रचनाकार प्रकाशदिप श्रेष्ठ हुन् भने संगीतकार नील शाक्य हुन् ।

जिवित जल्मी ले संगीत संयोजन गरेको यो गीत ज्योति रेकर्डस मा रेकर्ड गरिएको हो भने यस गीतका रेकर्डिस्ट फिरोज बज्राचार्य हुन् । नेपालभाषाको पहिलो म्युजिक भिडियो " लुमंका च्वना" लगायत लोकप्रिय गायिका देबिका बन्दनाको " जिगु वैंशं धाल" लगायतका धेरै गीतहरु सृजना गरी सकेका संगीतकार शाक्यका अनुसार संगीत एक विश्वव्यापी भाषा हो भने संगीतकर्मि हरुले भाषा र देशको सिमालाई जित्नु पर्ने सोच सहित हिन्दि भाषामा गीत रेकर्ड गराएको हो भन्ने देखिन्छ ।

सो हिन्दि गीतको एउटा म्युजिक भिडियो पनि छिट्टै प्रकाशमा लाउने तयारी भइरहेको सो हिन्दि गीतको म्युजिक भिडियो को प्रोमो सोमबार मन्जिल शाक्य युट्युब मार्फत सार्वजनिक गरिएको छ । यो प्रोमो को छायाँकन र सम्पादन पनि मन्जिल शाक्यले नै गरेका हुन् भने प्रोमो मा गायिका मनिषा पोखरेल,संगीतकार नील शाक्य, गीतकार प्रकाशदिप श्रेष्ठहरु सहभागिता देखाएका छन् ।

गीतको प्रोमो भिडियो हेर्न यहाँ क्लिक गर्नुहाेला

Categorized in साहित्य-कला