relans
ni new 83
nib 2082 5

नीर शाह र चैत्य देवी सहित चालिस स्रष्टा विजय मल्ल नइ शताब्दी पदक’ सम्मानित हुने

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ माघ २६, सोमबार

नइ एकेडेमीबाट नेपाली भाषा साहित्यका सुविख्यात स्रष्टा विजय मल्लको शताब्दी महोत्सवका अवसरमा विजय मल्लका सिर्जनात्मक कृतिको अध्ययन, अनुसन्धानका साथै नाट्यमञ्चन तथा चलचित्र निर्माणका अतिरिक्त श्रद्धेय विजय मल्लको सिर्जनात्मक य‍ोगदानको सम्प्रसार र संवर्धनका लागि उल्लेखनीय योगदान दिएबापत ४० महानुभावलाई ‘विजय मल्ल नइ शताब्दी पदक’ समर्पण गरिने भएको छ । नइ एकेडेमीका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ एकेडेमीको बैठकले उक्त निर्णय गरेको हो ।

‘विजय मल्ल नइ शताब्दी पदक’बाट विभूषित हुनेहरूमा अंशुमाला शाही, अर्चना श्रेष्ठ, डा.उमा श्रेष्ठ , डा.कुशनारायण श्रेष्ठ, कृष्ण मल्ल, प्रा.केशव सुवेदी, गौतमरत्न तुलाधर, चन्द्रमाला शर्मा, चैत्यदेवी सिंह , टीका पहाडी, प्रा.डा.दयाराम श्रेष्ठ, प्रा.डा.देवीप्रसाद गौतम, प्रा.डा.देवीप्रसाद सुवेदी, नगेन्द्र थापा, नलिनी मास्के, नीना ख्वाउँजु, नीर शाह, प्रेमबहादुर बस्नेत, वन्दना श्रेष्ठ, भुवन केसी, मदनदास श्रेष्ठ, प्रा.डा.महादेव अवस्थी, मुरलीधर, रवीन्द्र खड्का, रमा कंसाकार, रीता राजभण्डारी, रीतादेवी प्रधान, लक्ष्मी श्रेष्ठ, लक्ष्मीनाथ शर्मा, महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी, शकुन्तला शर्मा, शिव श्रेष्ठ, शैलेन्द्र सिम्खडा, सन्तोष पन्त, सुवर्ण क्षत्री, सुषमा शाही, सिर्जना बाटाजु, हरिबहादुर थापा, हरिहर शर्मा र प्रा.डा.हेमचन्द्र नेपाल हुनुहुन्छ ।

आगामी फागुन १६ गते ‘विजय मल्ल नइ शताब्दी पदक’ समर्पण गरिने  कुरा एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाई ले जानकारी दिनु   भएको छ ।

Categorized in साहित्य-कला
ppp 2