STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

निर्वाचन तयारी थाल्न गृहमन्त्रीको निर्देशन

Janjati Khabar – Janjati Khabar | २०७७ पौष २८, मंगलबार

काठमाडाैं – गृहमन्त्री रामबहादुर थापा 'बादल'ले देश प्रतिनिधिसभाको आगामी निर्वाचनतर्फ केन्द्रित भइसकेकोले निर्वाचन सुरक्षाका लागि आवश्यक तयारी थाल्न सुरक्षा निकायहरूलाई निर्देशन दिएका छन् ।

सोमबार गृहमन्त्रालयमा भएको बैठकमा गृहमन्त्री थापाले आगामी निर्वाचनको आवश्यक तयारी थाल्न सुरक्षा निकालयलाई निर्देशन दिएका हुन् ।

बैठकमा सहभागी भएका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विगतका निर्वाचनमा भएको खर्च विश्लेषण गरी मितव्ययितालाई ध्यान दिई निर्वाचन केन्द्रित बजेट प्रस्ताव गरी गृहमार्फत पठाउन सुरक्षा निकायहरूलाई निर्देशन दिए । उनले निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने बजेटको अभाव हुन नदिइने प्रतिबद्धता व्यक्त गरे ।

 

गृहमन्त्री थापाको अध्यक्षता गरिएको बैठकमा अर्थमन्त्री पौडेलको विशेष उपस्थिति एवं गृह सचिव, अर्थ सचिव र तीन वटै सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको जनाइएको छ ।

Categorized in राजनीति