STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

निर्धक्क भएर मतदान गर्नुस् : प्रधानमन्त्री देउवा

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख २९, बिहिबार

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले देउवाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण व्यवस्थापन चुस्त–दुरुस्त बनाएको बताएका छन् ।

एक अपिल जारी गर्दै उनले भोलि (शुक्रबार) हुने स्थानीय तहको निर्वाचनमा निर्धक्क भएर मतदान गर्न पनि अपिल गरेका छन् ।

‘बालिग मताधिकार तपाईं–हाम्रो संवैधानिक अधिकार र लोकतन्त्रको आधारस्तम्भ हो । स्थानीय तहदेखि नै लोकतान्त्रिक अभ्यासमा सहभागी भइ लोकतान्त्रिक शासनपद्धतिको संस्थागत विकासमा योगदान गर्नसबैमा आग्रह गर्छु,’ उनको सन्देशमा उल्लेख छ ।

Categorized in राजनीति