STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

निर्देशनमा नीर शाहकाे पुनरागमन

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ फाल्गुण १, शुक्रबार

वासुदेव , राजमति , बसन्ती , मसान  , सेताे बाघ जस्ता कालजयी फिल्म निर्देशन गर्नु भएका  नेपाली चलचित्र जगतका वरिष्ठ कलाकार तथा निर्देशक नी शाह ले मनोवैज्ञानिक विषयवस्तुमा आधारित नयाँ चलचित्र ‘कमला मिस’ मार्फत एक दशकपछि निर्देशनमा पुनः सक्रियता जनाउनुभएको छ। यसैक्रममा  शुक्रबार ललितपुरको इमाडोलस्थित न्यु मिलेनियम स्कुल परिसरमा विधिवत् शुभमुहूर्त सम्पन्न गरी चलचित्रको छायांकन सुरु गरिएको छ।

चलचित्र ‘कमला मिस’ मा मानव मनोविज्ञानका सूक्ष्म आयामलाई केन्द्रमा राखिएको छ। यसमा निर्देशक नीर शाहसँगै बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी मुख्य भूमिकामा देखिनेछन्। मुख्य सहायक निर्देशकको रूपमा सागर बोहरा कार्यरत हुनुहुन्छ।

निर्माण पक्ष विजय मल्ल स्मृति प्रतिष्ठान द्वारा प्रस्तुत, कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान रहेका छन् भने लाइन प्रोड्युसर पुष्कर लामा ( प्रेम भोम्जन )छन्। चलचित्रको कथा विजय मल्ल को हो भने पटकथा तथा संवाद नीर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका हुन्।

प्राविधिक पक्षमा छायांकन शिवराम श्रेष्ठ, सङ्गीत युग भुसाल, र कोरियोग्राफी रामजी लामिछाने ले गरेका छन्। निर्माण व्यवस्थापनको जिम्मेवारी भोला सुबेदी ले सम्हाल्नेछन्।

नीर शाहले सिने यात्रा वि.सं. २०२४ साल मा हिरासिंह खत्री निर्देशित ‘परिवर्तन’ चलचित्रबाट सुरु गर्नुभएको हो। उहाँले निर्देशन गरेका स्मरणीय चलचित्रमा ‘वासुदेव’, ‘पच्चीस वसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’, ‘सेतोबाघ’ पर्दछन्। अभिनयमा करिब ३ सयभन्दा बढी चलचित्रमा योगदान रहिसकेको छ।

उहाँ अभिनीत पछिल्लो चलचित्र ‘परान’ ले बक्स अफिसमा करिब १८ करोड रुपैयाँ कलेक्सन गर्दै व्यावसायिक सफलता हासिल गरेको थियो। ‘कमला मिस’ मार्फत निर शाहले पुनः नेपाली दर्शकमाझ गहिरो वैचारिक संवाद स्थापित गर्ने अपेक्षा गरिएको छ।

Categorized in सिनेमा