relans
ni new 83
nib 2082 5

निर्देशनमा निधार खालि भो सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ आश्विन ३१, शुक्रबार

सकृय रुपमा उत्कृष्ट भिडियो निर्माण, निर्देशन गर्दै आईरहनु भएकी नेपाल म्युजिक भिडियो निर्देशक संघका अध्यक्ष  बबिता श्रेष्ठ मलेकले तिहार लक्षित गीत ‘निधार खाली भो’को भिडियो सार्वजनिक गर्नु भएको छ ।

तिहारको बेला आफ्ना दाजुभाई प्रदेशबाट नफर्किंदाको पीडा र  घरमा दाजुभाईको प्रतिक्षामा बसेकी चेलिको अगाडी एक्कासी बाकसमा लास आइपुग्दाको पिडालाई मर्मश्पर्शी ढंगले भिडियोमा प्रस्तुत गरिएको छ । जसमा बिमल अधिकारी, बिना राउत, कमल ताम्राकार, लक्ष्मी भण्डारी, नव थापा लगायतका कलाकारले जिवन्त अभिनय गर्नु भएको छ ।

दिनेश सुवेदीको शब्द, कमल घले र जुनु प्रसाईको स्वर, सन्तोष प्रगाढको संगीत रहेको गीतको भिडियोमा पोष्टर राजेन्द्र पुरी, सम्पादन विकास दाहाल, छायांकन मुकेश हुमागाई टिमको रहेको छ ।

आफ्ना अघिल्ला भिडियोहरुलाई जस्तै यो पछिल्लो सिर्जनालाई पनि दर्शक, श्रोताहरुले मनपराई दिनुहुने कुरामा आफु विश्वस्त रहेको निर्देशक बबिता श्रेष्ठले बताउनु भएको छ ।

https://www.youtube.com/watch?v=lIFVrVJuems

Categorized in साहित्य-कला
ppp 2