STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

निर्देशक समाजले यादव खरेललाई दीर्घ साधना सम्मान प्रदान

Janjati Khabar – विजयरत्न असंबरे | २०८० फाल्गुण २७, आइतबार

नेपालको चलचित्र निर्देशन क्षेत्रमा लामो समयदेखि लागिरहनु भएका निर्देशक यादव खरेललाई नेपाल चलचित्र निर्देशक समाजले दीर्घ साधना सम्मान अर्पण गरेको छ ।

समाजको १६ औं वार्षिक साधारणसभाको अवसर पारेर आइतवार राजधानीमा आयोजित एक समारोहमा निर्देशक खरेलसहित विभिन्न चलचित्रकर्मीलाई सम्मान गरेको हो ।

समाजले आयोजना गरेको चलचित्र स्रष्टा सम्मान–२०८० समारोहमा गीतकार तथा चलचित्र निर्देशक यादव खरेललाई दीर्घ साधना सम्मान अर्पण गरेको हो । निर्देशक खरेल भने स्वास्थ्यका कारण कार्यक्रममा अनुपस्थित भएपछि उनका प्रतिनिधिले सम्मानपत्र ग्रहण गरे ।

समारोहमा नेपालको पहिलो रंगीन चलचित्र ‘कुमारी’ का निर्देशक प्रेमबहादुर बस्न्यातलाई हिरासिंह खत्री स्मृति सम्मान, निर्देशक आकाश अधिकारी, दिनेश डीसी तथा सम्झना उप्रेती रौनियारलाई स्रष्टा सर्जक सम्मान अर्पण गरिएको छ ।

यसैगरी निर्देशक रामबाबु गुरुङलाई फिल्म ‘कबड्डी–४’ बाट ‘डिरेक्टर अफ द इयर २०७९ (कमर्सियल­)’ तथा सुुजीत बिडारीलाई फिल्म ‘ऐना झ्यालका पुतली’ बाट ‘डिरेक्टर अफ द इयर २०७९ (क्रिटिक)’ विधामा सम्मान गरिएको छ ।

उनीहरुलाई प्रमूख अतिथीका रुपमा रहनु भएका अभिनेता राजेश हमालले सम्मान प्रदान गरेका थिए । अभिनेता हमालले नेपालको चलचित्र क्षेत्रका लागि आफू जहाँ जानु परे पनि जान तयार रहेको बताए । ‘अहिले म खुल्ला छु । त्यसकारण नेपाली चलचित्रको वृत्ति विकासदेखि हरेक पक्षका लागि म तपाईंहरुसँग जहाँ जान पनि जान तयार छु,’ उनले भने । समाजका अध्यक्ष जनकदिप पराजुली को सभापतित्वमा सम्पन्न सो समारोहमा विकास बोर्डका पूर्व अध्यक्ष दयाराम दाहाल , चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला लगायतले मन्तव्य राखेका थिए भने स्वागत मन्तव्य समाजका कोषाध्यक्ष समुन्द्र भट्ट र अर्का उपाध्यक्ष सुभाष गजुरेलले धन्यवाद मन्तव्य राखेका थिए ।

समाजका अध्यक्ष जनकदीप पराजुलीले नेपाली चलचित्रको विकासका लागि निर्देशकको योगदानको स्मरण गर्दै चलचित्र क्षेत्रको विकासका लागि सरकारी तवरबाट पनि चासो हुनुपर्ने धारणा राखे ।\

Categorized in सिनेमा