STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

निरन्तर गीत रचना र म्युजिक भिडियो निर्देशनमा सकृय पवन जोशीको वियोगान्त गीत आउने

Janjati Khabar – विजयरत्न असंबरे | २०८० जेठ २८, आइतबार

गीत रचना र म्युजिक भिडियो  निर्देशनमा सकृय हस्ती पवन जोशीको नयाँ युगल गीत एउटा वियोगान्त गीतको रुपमा रहेको छ । "छंगु दुःख...” बोलको यो गीतको म्युजिक भिडियो छायांकन  शनिवार ललितपुरका सांस्कृतिक नगर लुभुमा सम्पन्न गरिएको छ । 

उक्त गीतको संगीतकार  अनिल तुलाधर हुन् भने रेकर्डिंग , मिक्सीङ्ग र माष्टरिङ विरेन शाक्यले विट्स स्टुडियोमा गरेका हुन् ।  चर्चित गायक,गायीका, कृष्ण महर्जन र शरिता शाहीले स्वर दिनु भएको यो गीतको म्युजिक भिडियो मा नायीका रोजीना सुवाल र नव मोडल कृष्टल श्रेष्ठका साथ सत्या नेमकुल, राजाराम तन्डुकार, जय लक्ष्मी बज्राचार्य, सपना श्रेष्ठ,सिताराम माकः,र सुभेच्छा महर्जनले अभिनय गरेका छन् ।

यो भिडियो गीत के वि एस KBS lubhoo प्रोडक्सनको ३४औं म्युजिक भिडियो रहेको कुराको निर्माण नियन्त्रक केबिएस लुभुले ले जानकारी दिनु भएको थियो । प्राविधिकहरुमा श्रृगार उमिशा पाण्डे र सरिता श्रेष्ठ , छायांकन र सम्पादन  शैलेश श्रेष्ठ लुभुको रहेको छ भने रचनाकार स्वयं पवन जोशीको निर्देशन रहेको उक्त गीत चांदैनै सार्वजनिक गरी निर्वान मेडिया युट्युब च्यानलवाट प्रशारण गरिने भएको छ ।

Categorized in साहित्य-कला