STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

निरंकुशताको डरलाग्दो षडयन्त्र भयाे : प्रचण्ड

Janjati Khabar – Janjati Khabar | २०७७ माघ ४, आइतबार

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई निरंकुशताको ठाउँमा पुर्‍याउने डरलाग्दो षडयन्त्र भइरहेको बताएका छन् ।

आइतबार प्रचण्ड-माधव पक्षीय अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशलाई निरंकुशताको ठाउँमा पुर्‍याउने डरलाग्दो षडयन्त्र भएको बताएका हुन् ।

यस्तो षडयन्त्रको विरुद्ध आक्रमक आन्दोलन गर्नुपर्ने उनको भनाई छ । सर्वोच्च अदालत र निर्वाचन आयोगमा सेटिङ भएको भन्ने आफुहरुले आशंका नगरेको भए पनि प्रधानमन्त्री ओलीको सेटिङमा भने शंका भएको उनले बताए ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्र, संविधान र जनादेशको विरुद्दमा उभिएको बताए । ओलीले पहिलेदेखि नै गुटबन्दी गर्दै आएको बताउँदै सरकारमा गएपछि दक्षिणपन्थी अवसरवाद लागू गरी प्रतिक्रान्ति गरेको खनालले बताए ।

Categorized in राजनीति