STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

निफ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपाली तर्फ "बुलाकी” सर्वश्रेष्ठ चलचित्र

Janjati Khabar – विजयरत्न असंबरे | २०८० चैत्र ६, मंगलबार

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनमा हुँदै आएको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सातौं संस्करणको सोमबार समापन गरिएको छ । नागरीक उड्ययन , पर्यटन तथा संस्कृति मन्त्री  हित बहादुर तामाङ्ग को प्रमूख आतिथ्यतामा सोमबार सम्पन्न समापन तथा अवार्ड प्रदान कार्यक्रममा नेपाली चलचित्र तर्फ "बुलाकी ” सर्वश्रेष्ठ चलचित्र घोषित भएको छ । यस चलचित्रबाट लक्ष्मण सुनार  बेस्ट डाइरेक्टर र अभिनेत्री बेस्ट एक्टर फिमेल  पुरस्कार जित्न सफल भएको छ ।

यस्तैगरी नेपाली चलचित्र तर्फ "एक भागवत एक गीता” बाट राजेश श्रेष्ठ र संकल्प भुजेल सर्वश्रेष्ठ छायाँकार र विपिन कार्की  सर्वश्रेष्ठ अभिनेताको पुरस्कार जित्न सफल भएको छ ।

यो समारोहमा चलचित्र" डेसान ” कमल इक्छेइ मगर सर्वोत्कृष्ट पटकथा लेखक बन्न सफल भएको छ । 

 सिनेफेबल द्वारा प्रायोजित ५० हजार नगद सहितको अडियन्स च्वइस अवार्ड शर्ट एण्ड डकुमेन्ट तर्फ  - त्तर्क्रस्ट्रा र फिचर फिल्म तर्फ "पखेटा” पुरस्कृत भएको छ ।

यस्तैगरी पचास हजार , नगद सहितको बेस्ट नेशनल शर्ट फिल्म -  "एट अनोदर विन्टर" , ए के शेर्पा अवार्ड बेस्ट नेपाली डकुमेण्ट्री अवार्ड  "झरना ” ले जित्न सफल भएको छ भने विदेशी फिल्म तर्फ ५०० यु एस डलर सहितको बागमति अवार्ड  इजिप्टको "आइ प्रमिस यु पारादाइज”, माउण्ट एभरेष्ट  अवार्ड पोर्चुगलको " लभ लाइट्स ” , इन्टरनेशनल  फेडरेशन अफ फिल्म सोसाइटी द्वारा प्रायोजित डन किहटे अवार्डं सर्बियाको "लजारीयस पाथ” , चीनको स्पेशल मेन्सन अवार्ड   इन्टरनेशनल द द ट्रेकर्स वुल्फ एण्ड मङ्कि किङ्ग ले पुरस्कार जित्दा भारतको " वाइल्ड स्वान्स ” १५०० डलर सहितको सर्वोत्तम पुरस्कार गौतम बुद्ध अवार्ड बेस्ट फिल्म इन्टरनेशनल जित्न सफल भएको छ ।

प्रमूख अतिथी माननीय मन्त्री तामाङ्ग ले चलचित्र भनेको सामान्य विधा हैन यो त सामाजिक रूपान्तरणका को गहकिलो पाइला हो भन्नु हुँदै अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको रुपमा आयोजना भइरहेको निफ लाई सक्दो सहयोग गर्ने प्रतिबद्धता पोख्नु भयो ।

Categorized in सिनेमा