STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

निफमा बंगलादेशी सर्वश्रेष्ठ ठहर्यो

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ चैत्र ६, सोमबार

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा सोमबार सम्पन्न भएको नेपाल अन्तर्राष्ट्रिय सिनेमा महोत्सव (निफ) को छैटौं संस्करण बंगलादेशका दुई चलचित्रहरु बेग्ला बेग्लै विधामा सर्वश्रेष्ठ अवार्ड जित्न सफल भएको छ । यसरी अवार्ड जित्ने चलचित्रहरु मध्ये " मेमोरिज अफ ग्लुमि मन्सुन्स”(सताअो) ले महोत्सव को सबैभन्दा ठूलो अवार्ड एकहजार पाँच सय डलर सहितको गौतम बुद्ध अवार्ड र अर्काे चलचित्र " हाउस अफ नो नेम ” ( पातालघर ) बेस्ट फिचर फिल्म अवार्ड जित्न सफल भएको छ । 

विहिबार चैत्र २ गतेदेखि आरम्भ  भएको अन्तर्राष्ट्रिय स्तरको सो चलचित्र महोत्सवमा  जम्मा ३५ देशका ९५ सिनेमा सहभागी भएका छन् । ‘विश्वभरका कथाहरुको उत्सव’ नारासहित चैत २ गतेदेखि ६ गतेसम्म चलेको महोत्सवमा विभिन्न नौ वटा विषयमा बहस सम्पन्न भएको कुरा अध्यक्ष केपी पाठकले  जानकारी दिनुभयो ।

नागरीक उड्ययन तथा संस्कृति र पर्यटन मन्त्री सुदन किरातीको प्रमूख आतिथ्यतामा सम्पन्न समारोहमा नेपाली चलचित्रको प्रतिस्पर्धात्मक विधामा " एेना झ्यालको पुतली ” ले सर्वश्रेष्ठ चलचित्र , सर्वश्रेष्ठ निर्देशक सुजित बिडारी , सर्वश्रेष्ठ पटकथा लेखन सुजित बिडारी र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा समेत विशेष जुरी अवार्ड जित्न सफल भएको छ ।

यस्तैगरी नेपाली प्रतिस्पर्धामा " प्रकाश ” चलचित्रबाट राजेश श्रेष्ठ ले सर्वश्रेष्ठ छायाँकार , दिया मास्केले सर्वश्रेष्ठ अभिनेत्री र प्रदिप खडकाले सर्वश्रेष्ठ अभिनेताको अवार्ड जितेका छन् ।

सो  महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सर्वश्रेष्ठ चलचित्र" सिक्रेट्स अफ ” ले विशेष जुरी पुरस्कार जितेको छ भने शर्टफिल्म र डकुमेण्ट्री विधामा नेपालको " जुन्को ” सर्वश्रेष्ठ ठहरिएको छ भने इरानको " द प्रेयर ” पन्च कन्या अवार्ड, इरान को " द बुक ” ले बागमति अवार्ड, एनिमेशन फिल्म को लागि दिइने   मन्जुश्री अवार्ड स्लोभाकियाको " द लिजेण्ड अफ गोल्डहाएम ” ,  ए के शेर्पा मेमोरियल अवार्डं इण्डोनेशियाको" मेन्टावल -  साउल्स अफ द फरेस्ट ”, शर्टफिल्म तर्फका बेस्ट डाइरेक्टर नेपालको " दुविधा ” बाट प्रद्युम्न मिश्र अवार्ड जित्न सफल भएको छ ।

Categorized in सिनेमा