relans
ni new 83
nib 2082 5

निजी विद्यालयका शिक्षकलाई तलब नदिइएकामा आपत्ति

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ३, शनिबार

काठमाडौँ - नेपाल शिक्षक महासङ्घले वैकल्पिक प्रणालीको सिकाइ स्थगन गरी शिक्षकहरुलाई बेतलबी घरबिदा दिने निजी विद्यालय सञ्चालकका छाता सङ्गठनको निर्णयप्रति आपत्ति जनाएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन (एन प्याब्सन) ले आर्थिक सङ्कट परेको भन्दै गत असार ३१ मा अपिल जारी गरी सो घोषणा गरेका थिए ।

महासङ्घका अध्यक्ष बाबुराम थापाले एक विज्ञप्ति जारी गरी त्यस्तो निर्णय कानूनविपरीत भएको उल्लेख गर्दै विपद्को समयमा श्रमजीवी शिक्षक कर्मचारीलाई थप आवश्यक सहयोग गर्नुपर्नेमा उल्टो बेतलबी बिदा दिइनु अपत्तिजनक भएको जनाउनुभएको हो ।

थापाले हालसम्मको तलब सुविधा दिन र अनलाइनबाट पठनपाठनलाई नियमितता दिन निजी विद्यालयसँग आग्रह गर्नुभएको छ ।

Categorized in शिक्षा
ppp 2