STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य, डिजेलमा १० र पेट्रोलमा ३ रुपैयाँ घट्यो

Janjati Khabar – Janjati Khabar | २०७९ चैत्र २०, सोमबार

 

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य लिटरमा १०/१० रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेको हो ।

बोर्ड बैठकले डिजेल, मट्टितेल र दुवै प्रकारका हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेको छ । खाना पकाउने एलपी ग्याँसको मूल्य भने हाललाई यथावत राखिएको छ ।

बैठकको निर्णयसँगै अब डिजेल र मट्टितेलको खुद्रा मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मटीतेलको खुद्रा मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम थियो ।

यस्तै पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएर १७५ रुपैयाँ कायम गरिएको छ । खाना पकाउने ग्याँसको मूल्य भने प्रतिसिलिण्डर १८ सय रुपैयाँ नै कायम गरिएको छ । यस्तै हवाई इन्धन आन्तरिक र बाह्यतर्फ पनि औसत लिटरमा १० रुपैयाँले मूल्य घटेको छ ।

Categorized in बिजनेस