Ramesh Bicha hayeka (Sunil shakya)
Swasthya Mantralaya

नारायणहिटीमा रहेको राजाको श्रीपेच लगाउन खोज्ने युवक पक्राउ

Janjati Khabar – Janjati Khabar | २०७८ आश्विन ८, शुक्रबार

नारायणहिटी संग्रहालयमा सिसा फुटाएर राजाको श्रीपेच लगाउन खोज्ने एक युवक पक्राउ परेका छन् ।

शुक्रबार संग्रहालयको अवलोकन गर्न गएका बेला सिसा फुटाएर राजाको श्रीपेच लगाउन खोज्ने रुकुम पश्चिमको मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्तीलाई प्रहरीले पक्राउ गरेको हो । 

नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार ती युवाले श्रीपेच रहेको कोठामा रहेको खुकुरी निकालेर सिसा फोर्न खोजेका थिए । उनले भने, ‘श्रीपेच लगायो भने राजा भइन्छ भन्ने सोचले त्यसो गरेको होला।’

ती युवकलाई संग्रहालयको सुरक्षामा खटिएका सुरक्षाकर्मीले अनुसन्धानको लागि प्रहरीलाई जिम्मा लगाइएको उनले बताए ।

Categorized in अपराध-दुर्घटना
Newa Online Adv