STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नाटक घर पनि माघ १ देखि खुल्दै

Janjati Khabar – Janjati Khabar | २०७७ पौष २७, सोमबार

काठमाडाैं – कोरोनाका कारण लामो समयदेखि बन्द रहेको नाटकघरहरु अब संचालनमा आउने भएका छन् । संचालकहरुले १ माघदेखि नाटकघर सुरु गर्ने निर्णय गरेका हुन् ।

थिएटर हबमा संयोजक देव न्यैपानेका अनुसार १ माघबाट काठमाडौंसँगै मोफसलका थिएटरहरु पनि संचालनमा आउनेछन् । उनले भने, ‘हामीले लामो समयदेखि छलफल गरेर नै १ माघबाट थिएटर संचालन गर्ने निर्णय गरेका हौँ । १ माघबाट मोफसलमा पनि थिएटर संचालन हुनेछन् ।’

१ माघबाट क्रमश: नाटकघरहरु खुल्ने सहमति भएको छ । जसअनुसार १ माघमा शिल्पी थिएटर खुल्ला हुनेछ । शिल्पीले ‘६ पात्रको एकलाव’ नामक नाटक प्रस्तुत गर्नेछ । यस नाटक एक साता अगाडि पनि शिल्पीमा मञ्चन भएको थियो ।

शिल्पी संचालनमा आएको ९ दिनपछि कीर्तिपूरमा रहेको थिएटर मल संचालनमा आउने छ । त्यसपश्चात्: विराटनगरस्थित झोराहाट थिएटर, आरोहण गुरूकुल, पोखरास्थित पोखरा थिएटर, काठमाडौंको मण्डला थिएटर, थिएटर मल, कौशी थिएटर र शैली थिएटर पनि खुल्नेछन्।

लामो समय बन्द रहँदा नाटक क्षेत्रले पनि ठूलो घाटा बेहोर्नु पर्‍यो । धेरै कलाकारहरु आर्थिक संकटमा गुज्रिए । रंगकर्मी सुनिल पोखरेलले केही समय अगाडि कोरोनाका कारण धेरै कलाकारहरु पलायन भएको समेत बताएका थिए ।

Categorized in साहित्य-कला