STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नागरिक उन्मुक्ति पार्टी अध्यक्षमा रेशम चौधरी सर्वसम्मत

Janjati Khabar – Janjati Khabar | २०८० पौष २७, शुक्रबार

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी अध्यक्षमा रेशम चौधरी सर्वसम्मत भएका छन् ।  यसअघि उनी पार्टीको संरक्षक मात्र थिए ।

निर्वाचन कार्यतालिका अन्तर्गत निर्धारित समयसम्म उनको मात्रै उम्मेदवारी परेपछि चौधरी सर्वसम्मत भएका हुन् । टीकापुर घटनामा जेल परेपछि पार्टीको अध्यक्षमा उनकी पत्नी रञ्जिता श्रेष्ठ अध्यक्ष भएकी थिइन् । चौधरीलाई अध्यक्षको लागि रोशन थापा प्रस्ताव बस्दा सानु शाक्यले समर्थन गरेका थिए । 

वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित र कोषाध्यक्षमा टीकालक्ष्मी चौधरी निर्विरोध भएका छन् ।  कैलालीको टीकापुरमा थरुहट र अखण्ड सुदूरपश्चिमको आन्दोलनका क्रममा टीकापुर घटना भएको थियो । सो घटनाको योजनाकार भएको आरोप लागेपछि उनले भूमिगत अवस्थामै २०७४ को चुनाव जितेका थिए । 

तर चौधरी २०७४ सालमा भएको प्रतिनिधि सभाको निर्वाचनमा कैलाली १ बाट निर्वाचित भएका थिए । तर चुनाव जिते पनि उनले सपथ लिन पाएनन् । शपथ लिन पाउनुपर्ने भन्दै उनले सर्वोच्च अदालतमा रिट हाले तर अदालतले उनलाई यो सुविधा दिएन । यसैले उनले २०७४ फागुनमा कैलालीको जिल्ला अदालतमा आत्मसमर्पण गरे । 

शपथ लिए पनि उनलाई जिल्ला अदालतले २०७५ मा जन्म कैदको सजाय सुनायो । घटनामा ८ प्रहरी र एक नाबालक मृत्युको घटनाको योजनाकारको रुपमा चौधरीलाई अदालतले जन्म कैदको सजाय सुनाएको थियो । उच्च अदालत दिपायलले दुई वर्षपछि जिल्लाको सजायलाई सदर गरिदियो ।

५ वर्ष तीन महिना जेल बसे पनि राष्ट्रपतिबाट आम माफी पाएपछि चौधरी रिहा भएका हुन् ।

Categorized in राजनीति