नाइजेरिमा आतंकवादी आक्रमण : ५६ जना मारिए
Janjati Khabar – एजेन्सी | २०७७ पौष १९, आइतबार
अफ्रिकी मुलुक नाइजेरिमा इस्लामिक चरमपन्थीहरूले मालीको सीमानजिकैको गाउँ आक्रमण गरी ५६ जनालाई मारेका छन् । बीबीसीका अनुसार आक्रमणमा अन्य २० जना घाइते भएका छन् । टिल्लाबेरी क्षेत्रको चोमोबाँगोऊ नामको गाउँमाथि आक्रमण भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
उक्त क्षेत्रमा सन् २०१७ यता संकटकाल लगाइएको छ । केही महिनायता छिमेकी मुलुक मालीबाट छिरेका संदिग्ध जेहादीहरूले धेरै पटक आक्रमण गरिसकेका छन् ।
पश्चिमी अफ्रिकी मुलुक नाइजरमा अलकायदा र इस्लामिक स्टेटसँग जोडिएका चरमपन्थीले आक्रमण गर्दै आएका छन् । गत वर्ष भएको आक्रमणमा सयौँ मानिस मारिएका थिए ।
अर्को छिमेकी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन बोको हरामले गत महिना दक्षिण पूर्वको दीफा क्षेत्रमा २७ जनाको हत्या गरेको थियो ।
Categorized in अन्तर्राष्ट्रिय

