STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नसक्नेलाई महानगरपालिकाले खानाको व्यवस्था गर्छ, भीडभाडमा नखुवाऔँः मेयर विद्यासुन्दर शाक्य

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ कार्तिक २०, बिहिबार

काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्र भित्रका विभिन्न सार्वजनिक र भिडभाड हुने स्थलहरूमा हालै भइरहेको निःशुल्क खाना खुवाउने कार्यलाई व्यवस्थित गर्ने बताएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भोकै कोही पर्दैन, भोकले कोही मर्दैन भन्ने नीति  काठमाडौँ महानगरपालिकाको  हो भनि भन्नु भएको छ । भने अहिले काठमाडौं महानगर क्षेत्र भित्रका विभिन्न सार्वजनिक र भिडभाड हुने स्थलहरूमा हालै भइरहेको निःशुल्क खाना खुवाउने कार्यलाई हामी छिटै व्यवस्थित गर्नेछौं भनि प्रतिबद्धता पोख्नु भएको छ ।

समस्यामा परेका श्रमिक, गरिब र असहायको सेवामा निरन्तर खटिरहनु भएका विभिन्न संघ–संस्था र व्यक्तिलाई अहिलेसम्म गरेको मानवीय सेवाका लागि धन्यवाद दिदैँ मेयर शाक्यले यस्तो उपकारको कार्य गर्न काठमाडौँ महानगरपालिकासँग समन्वय गर्न विनयपूर्वक आग्रह गर्न चाहन्छु भन्नु भयो । त्यसका लागि  खुलामञ्च वा भीडभाड हुने सार्वजनिक ठाउँमा   होइन पार्टी प्यालेसलगयतका ठाउँमा खाना खुवाउने व्यवस्था गर्नुहोला भनि मेयर शाक्यले भन्नुभयो ।  त्यसको लागि बरु काठमाडौँ महानगरपालिका पार्टी प्यालेसको भाडा व्यहोर्न तयार छ र सक्नेले श्रम गर्नुपर्छ । खुलामञ्चमै खाना खुवाउन पाउनुपर्छ भनेर कसैले पाखुरा सुर्किनु पर्ने आवश्यक छैन भन्ने विचार पोख्नु भयो ।

मेयर शाक्यले लकडाउन अवधिभर काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामार्फत ‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैन’ भन्ने मूल नाराका साथ खान नपाउने, बेरोजगार, अशक्त र असहायलाई राहत वितरण र खाना खुवाउने कार्य गरेको पनि स्मरण गराउनुभयो । 

लामो समयको लकडाउनपछि पनि कोरोनाको महामारीबाट मुक्त हुन नसकेको  अवस्थालाई ध्यानमा राख्दै काठमाडौँ महानगरपालिका क्षेत्र भित्र बसोबास गरिरहेका काम गर्न सक्ने तथा कोभिडका कारण बेरोजगार भएकाहरुलाई उनीहरुको सामर्यथ् र सिपको आधारमा रोजगारी दिई काठमाडौँ महानगरपालिकाले जीवन निर्वाहका लागि पारिश्रमिक दिने कार्यको थालनी गरेको पनि जानकारी गराउनु भयो ।

उहाँले त्यसका लागि कार्यपालिकाको बैठकले जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि, २०७७ नै पारित गरि कार्यान्वयनमा रहेको भन्दै उक्त कार्यविधिमा उनीहरुलाई वडा कार्यालयबाट सार्वजनिक पूर्वाधार विकास, सार्वजनिक पूर्वाधार मर्मत सम्भार, ढल निकास तथा फुटपाथ व्यवस्थापन, सम्पदा संरक्षण र सौन्दर्यीकरण जस्ता काममा लगाउने उल्लेख रहेको बताउनुभयो ।   । 

 

कोरोना कहरका बेला सार्वजनिक स्थान र सडकमा स्वास्थ्य मापदण्डको सामान्य पनि ख्याल पनि नगरी जथाभावी लाइन लगाएर खाना खुवाई स्वास्थ्यमाथि नै हेलचेक्य्राइँ गरी उनीहरुकै कथा–व्यथा बेचेर विश्वमै ऐतिहासिक र साँस्कृतिक शहरका रुपमा परिचित काठमाडौँ मागिखानेहरुको शहर हो भनी विश्वलाई चिनाउने प्रयास कसैबाट नहोस् भन्ने  चाहना  भन्ने चाहना रहेको भन्दै मेयर शाक्यले कोरोना महामारीका कारण रोजगारी गुमी केही समयका लागि हातमुख जोड्ने समस्याले पेट भर्नकै लागि ताँती लागेका नागरिकहरूको निर्दोष अनुहारलाई सामाजिक सञ्जाललगायतमा व्यापक बनाउँदा कसैलाई क्षणिक लाभ पुगे पनि सम्बन्धित नागरिकको आत्मसम्मानलाई भने यसले आघात पुर्याउने कुराप्रति हामी सबै सचेत हुनै पर्दछ भन्ने आफ्नो ठहर रहेको कुरा मेयर शाक्य को रहेको कुरा बुधबारकाे पत्रकार सम्मेलनमा बताउनु भयाे ।

 

Categorized in उपत्यका