STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नवौं सस्करणको कीर्तिपुर नगरव्यापी वडास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिता २०७८ शनिबारदेखि

Janjati Khabar – ललेन्द्र शाक्य | २०७८ भाद्र २४, बिहिबार

कीर्तिपुर बास्केटबल एसोसिएसनको आयोजनामा ऐतिहासिक नगर कीर्तिपुर नगरपालिकाभित्र प्रत्येक वर्ष आयोजना हुँदै आइरहेको अन्तर वडा बास्केटबल प्रतियोगिता यस वर्ष पनि हुने भएको छ ।

आउँदो भाद्र २६ गतेदेखि असोज २ गतेसम्म कीर्तिपुरको १० वडास्थित बास्केटबल कभर्ड हलमा उक्त प्रतियोगिता हुने जानकारी आयोजक कीर्तिपुर बास्केटबल एसोसिएसनका अध्यक्ष विकु महर्जनले दिनुभएको छ ।

कीर्तिपुर नगरपालिका र कीर्तिपुर बास्केटबल एसोसिएसनको संयुक्त आयोजनामा विगत वर्षमा झैं यस वर्ष पनि हुन लागेको उक्त प्रतियोगितामा पुरुष तर्फ कीर्तिपुरका १ देखि १० वडासम्म सबै वडाबाट प्रतिनिधित्व गर्दै १२ वटा टिमहरु सहभागी हुने जानकारी अध्यक्ष महर्जनले दिनुभएको छ ।

यस्तै उक्त प्रतियोगितामा महिलातर्फ पाँचओटा वडाका टिमले सहभागिता जनाएको जानकारी दिंदै आयोजक संस्थाका अध्यक्ष विकु महर्जनले प्रतियोगिता लिग कम नकआउटमा खेलाइने जानकारी पनि दिनुभयो । उहाँले विजेता र उपविजेता टिमहरुलाई नगद, ट्रफी, मेडल एवं प्रमाणपत्र प्रदान गरिने जानकारी पनि दिनुभयो ।

कीर्तिपुर बास्केटबल एसोसिएसनले कीर्तिपर क्षेत्रमा बास्केटबल विकासका लागि विगत ५ वर्षदेखि विभिन्न प्रतियोगिताहरु संचालन गर्दैै आइरहेको छ भने खेलाडी प्रशिक्षण कार्यक्रम तथा राष्ट्रिय प्रतियोगिताहरुमा पनि कीर्तिपुरबाट सहभागिता जनाउँदै आइरहेको छ । त्यस्तै एसोसिएसनले भविष्यमा पनि कीर्तिपुर क्षेत्रको बास्केटबल विकासका लागि यस्ता धेरै कार्यक्रमहरु आयोजना गर्दै जाने लक्ष्य राखेको जानकारी पनि एसोसिएसनका अध्यक्ष विकु महर्जनले दिनुभयो ।

उक्त नवौं संस्करणको कीर्तिपुर नगरव्यापी वडास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिता २०७८ उद्घाटन कार्यक्रम आउँदो भाद्र २६ गते शनिबार विहान ८ बजे १० वडास्थित कीर्तिपुर बास्केटबल कभर्ड हलमा विहान ८ बजे हुनेभएको छ । उद्घाटन कार्यक्रममा खेलसंगै सांगितिक कन्सर्ट हुने जानकारी पनि आयोजक कीर्तिपुर बास्केटबल एसोसिएसनले दिएको छ ।

Categorized in खेलकुद