नवोदित कलाकार नशला महर्जनको ‘आःजु द्यःया गं’ पछि ‘यचुगु नुगः’ शुक्रबार रिलिज हुने
Janjati Khabar – ललेन्द्र शाक्य | २०८३ आषाढ १६, मंगलबार
असार १९ गते शुक्रबार दिउँसो २ः३० बजे ललितपुरको सानेपा हाइटस्थित न्यू मसाला दरबारमा ग्राण्ड प्रिमियर शो
आउँदो शुक्रबार कलाकारिता क्षेत्रमा चम्किला ताराको रुपमा उडाउँदै गरेकी कीर्तिपुरकी नवप्रतिभा कलाकार नशला महर्जनको प्रमुख भूमिका रहेको म्यूजिक भिडियो “यचुगु नुगः” अर्थात् ‘सफा मन’ बोलको म्यूजिक भिडियो रिलिज हुने भएको छ ।
रिलिज हुन लागेको उक्त ‘यचुगु नुगः’ म्यूजिक भिडियो अगाडि कलाकार नशला महर्जनले चर्चित गायिका रत्नशोभा महर्जन तथा ललेन्द्र शाक्यको ‘आःजु द्यःया गं’ नेवाः लोकदोहरी म्यूजिक भिडियोमा नायिका मोडलको रुपमा प्रमुख भूमिका खेलेकी थिइन् भने अब नशलाको प्रमुख भूमिकामा दोस्रो म्यूजिक भिडियो ‘यचुगु नुगः’ रिलिज हुन लागेको हो ।
नशला महर्जनले स–सानो भूमिकामा रत्नशोभा महर्जनको ‘जिगु गर्व किपू देय्’ म्यूजिक भिडियोका साथै राजेश महर्जन नेवाः र रत्नशोभा महर्जनकै “का नु वने जिम्थाय् मैंचा” म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छिन् ।
धिमेबाजा बजाउने देखि धिमेनाच नाच्नमा पनि माहिर नशला महर्जन अबको नयाँ पुस्तामाँझ म्यूजिक भिडियो वा कलाकारिता क्षेत्रमा एक कुशल कलाकारको रुपमा स्थापित हुनेमा दुईमत छैन, यदि नशलाले यस क्षेत्रमा निरन्तर रुपमा पाईला चाल्दै गएको खण्डमा ।
शुक्रबार रिलिज हुन लागेको “यचुगु नुगः” म्यूजिक भिडियोमा नशला महर्जनलाई अर्का नवोदित कलाकार अर्शु महर्जनले प्रमुख भूमिकामा साथ दिएको छ ।
गायिका नानीशोभा महर्जन तथा गायक राजेश श्रेष्ठको युगल स्वर रहेको रिलिज हुनलागेको “यचुगु नुगः” म्यूजिक भिडियो आउँदो ने.सं. ११४६ तछलागा चौथि जुलाई ३ तारिख असार १९ गते शुक्रबार हाइलाइट्स नेपाल यूट्युब च्यानलमा रिलिज हुने जानकारी आयोजकले दिएको छ ।
यस्तै, असार १९ गते शुक्रबार दिउँसो २ः३० बजे ललितपुरको सानेपा हाइटस्थित न्यू मसाला दरबारमा ग्राण्ड प्रिमियर शो गरी म्यूजिक भिडियो “यचुगु नुगः” सार्वजनिक गर्ने जानकारी पनि आयोजक पक्षले दिएको छ ।
‘यचुगु नुगः’ गीत कीर्तिपुरका बरिष्ठ कलाकर्मी पवन जोशीले रच्नु भएको गीत हो भने गीतको म्यूजिक भिडियो पनि स्वयं पवन जोशीले गर्नुभएको छ ।
यस्तै, यस गीतमा चर्चित संगीतकर्मी सुमन कपालीले कम्पोजका साथै संगीत संयोजन पनि गर्नुभएको छ ।
‘यचुगु नुगः’ म्यूजिक भिडियोकी निर्मात्री उक्त गीतकी गायिका नानीशोभा महर्जन हुनुहुन्छ ।
यस्तै, म्यूजिक भिडियोमा मेअफ आर्टिष्टको रुपमा मीरा डंगोल हुनुहुन्छ भने मीरा डंगोलकै कोरियोग्राफी रहेको छ । साथै सहायक निर्देशन सुरेन्द्र श्रेष्ठले गर्नुभएको छ ।
रिलिज हुन लागेको ‘यचुगु नुगः’ म्यूजिक भिडियो चर्चित छायाँकार राजेश शाक्यको छायाँकनका साथै सम्पादन र रंग समिश्रण रहेको छ ।
Categorized in सिनेमा

