STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नरदेवीमा लागेको आगो नियन्त्रणमा

Janjati Khabar – Janjati Khabar | २०८० श्रावण २८, आइतबार

काठमाडौँको नरदेवीमा आज बिहान लागेको आगो नियन्त्रणमा आएको छ । काठमाडौँ महानगरपालिका– १८ नरदेवीस्थित शोभा बज्राचार्यको घरको पाँचौँ तल्लामा लागेको आगलागी केहीबेर अघि निभाइएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलका अनुसार बिहान करिब ७ बजे आगलागी भएकामा दमकल, पानी ट्याङकर, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको हो ।

आगलागीबाट पाँचाँै तल्लाको ढोका र झ्याल क्षति भएको र त्यसको कारण भने खुल्न नसकेको प्रहरी उपरीक्षक ढुङ्गेलले बताउनुभयो ।

Categorized in अपराध-दुर्घटना