STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नयाँ गठबन्धनका नवनियुक्त तीन मन्त्रीले लिए शपथ

Janjati Khabar – Janjati Khabar | २०८० फाल्गुण २१, सोमबार

सत्ता गठबन्धनमा फेरबदलसँगै नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका तीन सांसदले मन्त्री पदको शपथ लिएका हुन्।

एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोरप्रसाद अर्यालले मन्त्री पदको शपथ लिएका हुन्। उनीहरूलाई शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ दिलाएका हुन्। 

तीनैजना दोस्रो पटक मन्त्री पदमा पुगेका हुन्। माओवादीका हितबहादुर यसअघि खेलकुद मन्त्री भएका थिए। उता एमालेका पदम गिरी २०७९ पुसदेखि केबल ३२ दिन स्वास्थ्यमन्त्री भएका थिए। रास्वपाका अर्याल पनि त्यही बेला श्रममन्त्री बनेका थिए।

मन्त्रीहरूको जिम्मेवारी नतोकिँदा सबै मन्त्रालयको जिम्मा प्रधानमन्त्री प्रचण्ड स्वयंले लिएका छन्। राष्ट्रपति कार्यालयको सूचनाअनुसार २२ वटै मन्त्रालयका मन्त्री प्रचण्ड बनेका हुन्।

नवनियुक्त मन्त्रीहरूको मन्त्रालय नतोकिएकाले उनीहरूले पदभार ग्रहण पनि गर्ने छैनन्। उनीहरु मन्त्रिपरिषद् बैठकमा सहभागी हुनेछन् भने प्रधानमन्त्री कार्यालयमा हाजिर गर्नेछन्।

बिदा भए पुरानो गठबन्धनका सबै मन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससहितको पुरानो सात दलीय गठबन्धनका सबै मन्त्रीलाई बिदा गरेका छन्।

सोमबार नेकपा एमालेसहितको वाम दलहरूको गठबन्धनमा फर्किने निर्णयसँगै प्रचण्डले पुरानो गठबन्धनका सबै मन्त्रीलाई बिदा गरेका हुन्।

‘प्रधानमन्त्रीले पुरानो गठबन्धनका सबै मन्त्रीहरूलाई बिदा गर्नु भएको छ’, प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘सबै मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नु भएको छ।’

सोमबार शीतल निवासमा शपथ लिएका तीनजना मन्त्रीलाई पनि जिम्मेवारी दिइएको छैन। उनीहरूले विनाविभागीय मन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ लिएका हुन्।

एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्यालले मन्त्री पदको शपथ लिएका हुन्।

तीनैजना दोस्रो पटक मन्त्री पदमा पुगेका हुन्। माओवादीका तामाङ यसअघि खेलकुद मन्त्री भएका थिए। एमालेका गिरी स्वास्थ्यमन्त्री भएका थिए। रास्वपाका अर्याल पनि यसअघि श्रममन्त्री बनेका थिए।

Categorized in राजनीति