STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नमस्ते ख्वप टेलिभिजन उद्घाटन

Janjati Khabar – जनजाति खबर | २०७६ माघ २, बिहिबार

नमस्ते ख्वप टेलिभिजन भक्तपुरको गठ्ठाघरमा आजदेखि विधिवत् रूपमा सञ्चालनमा आएको छ । उक्त टेलिभिजनको महिला बालबालिकामन्त्री पार्वत गुरुङले उद्घाटन गर्दै सो अवसरमा मन्त्री गुरुङले दुई दशकदेखि पत्रकारिता र साहित्यको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै राष्ट्रिय समाचार समिति भक्तपुर संवाददाता, क्रियाशील पत्रकार मञ्चका अध्यक्ष एवं साहित्यकार रमेश गिरी र चार दशकदेखि योगदान पु¥याउनु हुने शिक्षासेवी एवं आदर्श जनप्रेमीका संस्थापक रवी आचार्यलाई सम्मान गर्नुभयो । मन्त्री गुरुङले स्थानीय सरकारले विकासलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको अवस्थामा सबै सञ्चार माध्यम, पत्रकार एवं सबै नेपालीले विकासका लागि काम गर्नुपर्ने बताउनुभयो । भक्तपुरलाई विश्वमा चिनाउन ख्वप टेलिभिजन सफल हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । सांसद महेश बस्नेतले सञ्चार माध्यम समाज र राष्ट्रप्रति उत्तरदायी र जिम्मेवार रहनुपर्नेमा जोड दिनुभयो । उहाँले भक्तपुरमा नमूनाको रुपमा भइरहेको विकासलाई टेलिभिजनमार्फत विश्वभर फैलाउने काममा नमस्ते ख्वप टेलिभिजनको भूमिका महत्वपूर्ण हुने बताउँनुभयो । बागमती प्रदेशसभा सदस्य डा राजेन्द्रमान श्रेष्ठ र शशीजङ्ग थापाले पत्रकारिता पेशाप्रतिको आकर्षण बढ्दै गइरहेको तर, प्रकाशन गृह र पत्रकार व्यावसायिक बन्न नसक्दा मर्यादित पत्रकारिता प्रभावकारी हुन नसकेको बताउनुभयो । नेकपाका जिल्ला अध्यक्ष बचन देउजाले नमस्ते ख्वप टेलिभिजन भक्तपुरको मात्र नभइ सिङ्गो देशको दर्पणको रुपमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै मध्यपुरथिमिका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले भ्रमण वर्षकै अवसरमा उपत्यकाका मेयर फोरमले अन्तरराष्ट्रिय मेयर सम्मेलनको आयोजना गर्न लागेको बताउनुभयो ।
Categorized in सिनेमा