STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

"नजाउ टाढा" गीतले पाए कम समयमा अत्याधिक दर्शक

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ श्रावण १४, शनिबार

बहुमुखी प्रतिभाका धनी कलाकार स्वतन्त्र संसार महर्जन नायक बनेको पहिलो नेपाली म्युजिक भिडियो "नजाउ टाढा"ले दुई हप्तामा नयाँ कीर्तिमान कायम गरेको छ। कलाकार महर्जन अभिनित नजाऊ टाढा क्षितिजमा बोलको गीत  संसार्स अनलाइन टिभिको युट्युब मा रिलिज गरिएको हो । सन् २०२० को सेप्टेम्बर २३ देखि संचालनमा आएको यो युट्युबमा अहिले सम्ममा करिब छ सय वटा भिडियो सामग्री अपलोड गरिसकेको छ भने ती सबैको गरी कुल भ्युज करिब चारलाख बीस हजार भएको छ भने मध्ये " नजाउ टाढा" बोलको म्युजिक भिडियो ले एकलाख भन्दा बढी भ्युज पाएको हो । २०२२ जुलाइ १४ का दिन सार्वजनिक गरिएको थियो भने जुलाइ २८ सम्ममा एकलाख भ्युज भएको थियो ।

 दर्शकको व्रर माया पाएको कलाकार महर्जन अभिनित यो गीतको भिडियोमा कलाकार महर्जनको साथमा नायिका शोभा महर्जन तथा बाल कलाकार संबत संसार महर्जनको समेत  अभिनय रहेको छ। 

आत्मबलका अत्यन्त धनी कलाकार महर्जन नायक बनेको गीतको म्युजिक भिडियो "नजाउ टाढा क्षितिज"का गीतकार दीपक विवश आँशु तथा संगीतकार मञ्जु नकर्मि हुन। गायिका कल्पना श्रेष्ठको  गायन रहेको यो गीतको म्युजिक भिडियोको छायाँकार तथा सम्पादक सोहन मानन्धर हुन भने, परिकल्पना तथा निर्देशन अभिनेता स्वयं स्वतन्त्र संसार महर्जनकै रहेको छ। यसको सहायक निर्देशन तथा निर्मात्री प्रेमा महर्जन रहेकी छिन् भने यसमा बाल कलाकार का रुपमा काम गर्ने सम्बत प्रेमहा र स्वतन्त्रसंसारको सुपुत्र हुन् । आफ्नो गीतले प्राप्त गरेको सफलता बाँड्न एउटा कार्यक्रम गर्ने तयारी गरिरहेको संसार्स अनलाइन टिभिले शुक्रबार भने एउटा अनौपचारिक कार्यक्रम गरेर यो गीतसंग सम्बद्ध कलाकर्मि हरुको सहभागीतामा खुशी साटासाट गरेका छन् ।

Categorized in साहित्य-कला