STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नइ प्रकाशनका नाउँमा प्रकाशित हुलाक टिकटमा प्रथम दिवसीय टाँचा

Janjati Khabar – विजयरत्न असंबरे | २०८० फाल्गुण ४, शुक्रबार

आज शुक्रबार नइ प्रकाशनका नाउँमा प्रकाशित हुलाक टिकटमा सञ्चार तथा सूचना प्रविधि मन्त्री श्रीमती रेखा शर्माले प्रथम दिवसीय टाँचा लगाउनु भयो ।

यो टिकट दस लाखप्रति प्रकाशित भएको छ ।

आजको कार्यक्रममा नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईले यो कार्यलाई नेपालको वाङमय इतिहासमा स्वर्णिम क्षणको रुपमा लिनु भएको छ ।

कार्यक्रममा दीनानाथ शर्मा, रामकुमारी झाँक्रीले पनि सम्बोधन गर्नु भयो ।

साथै नेपाल राष्ट्र बैँकले नइ प्रकाशनको लोगो अङ्कित १०० रूपियाँको सिक्का टकमारी गरको छ ।

नइ प्रकाशनले सिक्का र टिकटबारे अर्को एउटा विशेष कार्यक्रम गर्ने भएको छ । 

नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले नेपाल सरकार तथा नेपाल राष्ट्र बैँकले नइ प्रकाशनको रजत महोत्सवका लागि प्रदान गरेको प्रोत्साहनका लागि नइ प्रकाशन सदा अनुगृहीत रहनेछ भनि भन्नु भयो ।

Categorized in साहित्य-कला