STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नइ पुरस्कार तथा नइ रजत महोत्सव पदक प्रदान

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ श्रावण ७, शनिबार

नइ प्रकाशनले शनिवार राजधानी काठमाडौमा देशदेशान्तरका पच्चीस जनालाई २०७८ सालको नइ पुरस्कार प्रदान गरेको छ । सोही अवसरमा नेपालभित्र र नेपालबाहिरका चौबीस देशका नेपाली र विदेशी प्रतिभालाई पनि नइ रजत महोत्सव पदक प्रदान गरिएको थियो । 

नइ प्रकाशनका सदस्यसचिव  नरेन्द्रराज प्रसाईले जानकारी दिनु भए अनुसार गत वर्ष र यस वर्ष गरी जम्मा ४१० जना व्यक्तिहरु नइ रजत महोत्सव पदकबाट सम्मनित हुनु भएको छ । नइ प्रकाशनले कोरोना महामारीका कारण गत वर्ष पूर्ण रुपमा सो पदक समर्पण गर्न सकेको थिएन । 

सोही कार्यक्रममा नेपाली वाङ्मयको श्रीवृद्धिका लागि सिर्जना र सङ्गठन मार्फत निरन्तर जागरूक र समर्पित हुँदै नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउनुहुने अमेरिका निवासी प्रा.मोहन सिटौलालाई महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गर्नुभयो । ताम्रपत्र सहित सो पुरस्कारको राशि दुई लाख रुपियाँ रहेको छ । 

महासमालोचक प्रा.डा.त्रिपाठीले देशविदेशका दस जना महानुभावलाई ताम्रपत्र सहित जनही एक लाख रुपियाँ राशिका २०७८ सालका नइ पुरस्कार प्रदान गर्नुभयो ।

समारोहमा शिक्षाविद् प्रा.डा.सुरेशराज शर्मालाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’, देशभक्त चिन्तक भैरव रिसाललाई ‘नइ कीर्तिनिधि पुरस्कार’, प्रथम टेष्टट्युव चिकित्सक डा.भोला रिजाललाई ‘नइ भावि पुरस्कार’, समालोचक प्रा.डा.दयाराम श्रेष्ठलाई ‘नइ ईश्वर बराल पुरस्कार’, अभिनयका लागि सन्तोष पन्तलाई ‘नइ भूपालदुर्गा पुरस्कार’ प्रदान गरिएको छ ।

त्यसै गरी साहित्यकार डा.रामदयाल राकेशलाई ‘नइ भाजप पुरस्कार’, धर्म तथा संस्कृतिमा योगदान पुर्याउने प्रा.डा.माधव भट्टराईलाई ‘नइ चन्द्रधन पुरस्कार’, भारतीय साहित्यकार छविलाल उपाध्यायलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’, गीतकार प्रेमविनोद नन्दनलाई ‘नइ कोइलीदेवी पुरस्कार’ प्रदान गरिएको सो समारोहमा ताम्रपत्रसहित साठी हजार रुपियाँ राशिका ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ सुनगाभा विशेषज्ञ प्रा.डा.विजया पन्त र ‘नइ रेखा पुरस्कार’ साहित्यकार श्रीमती गङ्गा लिगललाई प्रदान गरियो । 

साथै जनही पचास हजार रुपियाँ राशिको ‘नइ बुलु शर्मा पुरस्कार’ कञ्चनपुरका श्रीमती नारा जोशीलाई, ‘नइ देरुनीख गौरव पुरस्कार’ साहित्यकार, पत्रकार तथा सामाजिक अभियन्ता श्री ठाकुर वेलबासेलाई र ‘नइ रामलक्ष्मी पुरस्कार’ तेस्रो लिङ्गी भक्ति शाहलाई प्रदान गरिएको थियो । त्यसै गरेर मिस नेवा सुश्री कृषा महर्जनलाई पच्चीस हजार रुपियाँ राशिसहित ‘नइ देरुनीख पौरख पुरस्कार’ प्रदान गरिएको थियो ।

महासमालोचक प्रा.डा.त्रिपाठीले छ जना बाल बालिकालाई दस हजार रुपियाँ राशि र ताम्रपत्रसहित ‘नइ देरुनीखपू बाल पुरस्कार’ प्रदान गर्नुभयो । पुरस्कृत हुनेहरूमा बहुआयामिकतर्फ सुश्री सम्पदा दुलाल, साहित्यतर्फ श्री विभूति अधिकारी, चित्रकलातर्फ सुश्री रिकिस्ना डङ्गोल, सङ्गीततर्फ श्री सन्देश पौडेल, नृत्यतर्फ सुश्री राशु पन्त र खेलकुदतर्फ सुश्री नयना शाक्य हुनुहुन्थ्यो ।

साथै जनही सात हजार रुपियाँ राशि र ताम्रपत्रसहित ‘नइ देरुनीखपू कोपिला पुरस्कार’ गायनमा सुश्री सिचु मानन्धर, नृत्यमा सुश्री नासिका ठकुरी र  ताम्रपत्रसहित पाँच हजार रुपियाँ राशिको ‘नइ देरुनीखपू चिचिला पुरस्कार’ पाँच वर्षीय सुश्री श्रीना महर्जनलाई प्रदान गरियो ।

श्रीमती इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी, पुरस्कृतहरूका तर्फबाट प्रा.मोहन सिटौला, प्रा.डा.सुरेशराज शर्मा, प्रा.डा.दयाराम श्रेष्ठ र नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईबाट मन्तव्य प्रकट भएको थियो । समारोहमा पुरस्कृत बालबालिकाद्वारा गायन तथा नृत्य प्रदर्शन भएको थियो ।

Categorized in साहित्य-कला