STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नइको नाममा सिक्का र टिकट लोकार्पण हुनु भनेको गौरवमय क्षण घोषित

Janjati Khabar – विजयरत्न असंबरे | २०८० फाल्गुण २०, आइतबार

नेपालको वाङ्गमय क्षेत्रको श्रीवृद्धिमा सकृय प्राज्ञिक संस्था नइ प्रकाशनको रजत वर्ष प्रवेश गरेको अवसरमा नेपाल राष्ट्र बैंकबाट टकमरी भएको एक सय रुपिंया को सिक्का र दस रुपिंया दरको हुलाक टिकट नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला, महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी र नेपाल राष्ट्र बैंकका सञ्चालक तथा पूर्वडिपुटी गभर्नर चिन्तामणि शिवाकोटीले  सामूहिक रुपमा लोकार्पण गर्नुभयो । 

नेपाल राष्ट्र बैंकबाट नेपाली साहित्यिक संस्थाका नाउँमा मदन पुरस्कार गुथिको नाममा टकमरी भएको सुनको सिक्का पछि कोपरनिकल धातुको यो सिक्का टकमरी भएको यो पहिलो अवसर हो ।

नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा नेपाल प्रज्ञातिष्ठानका पूर्वकुलपति बैरागी काइँला, महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी, नेपाल राष्ट्र बैंकका सञ्चालक तथा पूर्वडिपुटी गभर्नर चिन्तामणि शिवाकोटी, हुलाक सेवा विभागका महानिर्देशक प्रदीपराज अधिकारी बाट मन्तव्य दिनु भएको थियो  । सो समारोहमा नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईबाट स्वागत मन्तव्य र सभाध्यक्ष अायोजक संस्थाका कुलपति इन्दिरा प्रसाई ले धन्यवाद मन्तव्य राख्दै यो क्षण नइ प्रकाशनको लागि मात्र नभइ नेपालको समस्त वाङ्गमय क्षेत्रका लागि गौरवको विषय भएको राय व्यक्त गर्नु भएको थियो ।

Categorized in साहित्य-कला