STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

धुलिखेल–१ मा कांग्रेस विजयी, मेयरमा स्वतन्त्रको अग्रता

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख ३१, शनिबार

काठमाडाैं - काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाली कांग्रेसका सन्तबहादुर लामा विजयी भएका छन् । उनी ५ सय ७३ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी रहेका एमाले उम्मेदवारले ४ सय ६७ मत ल्याएका छन् ।

वडा नम्बर १ मा १२ सय ८४ मत खसेको थियो । मेयरमा भने स्वतन्त्र उम्मेदवार विदुरकुमार बस्नेतले अग्रता कायमै राखेका छन् ।

उनले ५ सय ७२ मत ल्याउँदा नेकपा एमालेका अशोकुमार ब्याञ्जुले ४ सय ७६ मत ल्याएका छन् । उपमेयरमा कांग्रेसका निराजन जंगमले अग्रता लिएका छन् ।

उनले ५ सय ८७ मत पाएका छन् । एमालेकी उपमेयर उम्मेदवार लालतारा अधिकारीले ४ सय ८२ मत पाएकी छिन् ।

Categorized in राजनीति