STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

धुलिखेलमा जारी छ आदिवासी जनजाति चलचित्र महासंघको कार्यशाला

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ चैत्र १२, बिहिबार

आदिवासी जनजाति चलचित्र महासंघले धुलिखेल यही चैत्र १० देखि १४ गतेसम्मको  पाँच दिने कार्यशाला गोष्ठी आयोजना गरेको छ ।

‘आदिवासी चलचित्रमा प्रतिवद्धतासहितको सहकार्य’ विषयक उक्त कार्यशाला गोष्ठिको उद्घाटन सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले बुद्ध बार एक समारोहका बीच गर्नु भएको छ ।

महासंघले नेपालमा लामो समयसम्म लकडाउन हुँदा सुस्ताएको आदिबासी जनजाति चलचित्र क्षेत्रलाई बिस्तारै चलायमान बनाउँदै गुणस्तरीय मौलिक नेपाली आदिवासी चलचित्र निर्माण र बजारीकरणमा सहयोग पुगोस् भन्ने उदेश्यले यो कार्यशाला गोष्ठीको आयोजना गरेको जनाएको छ ।

धुलिखेलको मिलन ज्योति गार्डन रिसोर्टमा जारी गोष्ठीका विभिन्न संघसंस्था, अभियन्ता, अग्रज चलचित्रकर्मीहरु, सम्बन्धित सरकारी निकायका प्रतिनिधिहरुबीच आदिबासी चलचित्र प्रदर्शनका साथै सामुहिक रुपमा आदिबासी जनजाति चलचित्रसंग सम्बन्धित विभिन्न विषयमा गत मंगलबारदेखि आगामी शनिवारसम्म पाँच दिने अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरिएको भईरहेको हो ।

महासंघले आगामी शुक्रवार सञ्चारकर्मी तथा आदिवासी जनजाति चलचित्रकर्मीबीच आदिबासी जनजाति चलचित्रको प्रवद्र्धन विषयक अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दैछ ।

यसैबीच सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कार्यशाला उद्घाटन गर्दै मुलुकलाई समृद्ध बनाउने अभियानमा जुट्न चलचित्रकर्मीहरुलाई आह्वान गर्नु भएको छ ।

गोष्ठी उद्घाटन गर्दै मन्त्री गुरुङले राष्ट्रको समृद्धिमा योगदान पुर्‍याउने गरी चलचित्र निर्माणमा ध्यान दिन आदिबासी चलत्रिचकर्मीहरुलाई आग्रह गर्नु भयो ।

‘पछिल्लो राजनीतिक परिस्थितिबाट निराश नभई मुलुकको समृद्धिमा योगदान पुर्‍याउने गरी चलचित्र क्षेत्रको विकासमा लाग्न म चलचित्रकर्मीहरुलाई आग्रह गर्दछु’, मन्त्री गुरुङले आफ्ना धारणा राख्नु भएको थियो ।

उद्घाटन कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल टेलिभिजनका महाप्रवन्धक फुलमान बल, नेपाल आदिबासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङ लगायतले कार्यशाला गोष्ठीको सफलताको कामना गर्नुभयो ।

Categorized in सिनेमा