STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

धुलिखेलमा अस्पतालमा भक्तपुरमा कोरोना सङ्क्रमितको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १०, बुधबार

काभ्रेपलाञ्चोक – धुलिखेल अस्पतालमा उपचाररत भक्तपुरका एक कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ निवासी ५५ वर्षीय एक पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले मङ्गलबार राति उपचारका क्रममा ती पुरुषको मृत्यु भएको जनाएको छ । पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्रकुमार झाले तीन दिनअघि अस्पताल भर्ना हुनुभएको उहाँलाई स्वास्थ्य परीक्षणका क्रममा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । ती पुरुष मुटु र थाइराइडको समस्याबाट पीडित भएकाले सोहीको उपचार गर्न धुलिखेल अस्पताल भर्ना हुनुभएको झाले बताउनुभयो ।
Categorized in राष्ट्रिय