STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

धिमेबाजा संरक्षणमा नेवार समुदाय

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन २७, सोमबार

म्याग्दीको सदरमुकाम बेनीका नेवार समुदायका युवायुवती माङ्गलिक कार्यमा प्रयोग गरिने लोपोन्मुख धिमेबाजाको संरक्षणमा जुटेका छन् । बेनीबजारमा विभिन्न सार्वजनिक तथा उत्सव, चाडपर्वमा बाँसुरी, मादल र झ्यालीको प्रयोग गरि मङ्गल धुन, धिमे बाजा र झ्यालीमा नेवार समुदायका युवायुवतीदेखि वृद्धवृद्धा सक्रिय हुने गरेका छन् । ‘धिमे बाजां’ नेवार समुदायमा शोकबाहेक अन्य सबै शुभकार्यमा बजाइने बाजा भएको नेपाल भाषामंकाःखलअन्तर्गतको ल्याम पुचःका अध्यक्ष सवीन श्रेष्ठले बताउनुभयो । धिमे बाजा र बाँसुरी बादनसम्बन्धी प्रशिक्षणसमेत दिइएको बताउँदै पछिल्लो समय युवापुस्ताको आर्कषण बढ्दै जान थालेपछि सहज भएको उहाँको भनाइ छ । आफ्नो भाषा र संस्कृति लोपोन्मुख अवस्थाबाट जोगाउन आवश्यकताअनुसार काठमाडौँबाट प्रशिक्षकसमेत बोलाएर तालीम दिएपछि सक्रियता बढेको उहाँको भनाइ छ । नेवार समुदायले नयाँ वर्ष, विजयादशमी, दीपावली, गाईजात्रालगायत पर्वमा यो बाजा बजाउने गर्दछन् । तत्कालीन समयमा काठमाडौँ र भक्तपुरे नेवार समुदायमा पुरुषले मात्रै धिमे र बाँसुरी बजाउने चलन रहेको अवस्थामा पछिल्लो समय महिलाले समेत नियमित बजाउन थालेपछि सहज भएको छ । बेनीको कला र संस्कृतिको अधिकांश हिस्सा नेवार समुदायले धानेको छ । बेनीमा विद्यालयस्तरमा अध्ययनरत विद्यार्थीले नै रहरलाग्दो गरी बाँसुरी बजाउन थालेपछि नेवार समुदायका अगुवा उत्साहित भएका छन् । नेवार समुदायमा बुबाको मुख हेर्ने, आमाको मुख हेर्ने, देगु पूजा, गुँ पुन्ही, येँया पुन्ही, चथाः, दशैँ, तिहार, म्हःपूजा, पाँहाचह्रे, योमरी पुन्हीलगायत चाडपर्वमा मौलिक बाजा बजाउने र हर्षोल्लास मनाउने चलन छ ।
Categorized in सिनेमा