STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

धर्मका नाममा राजनीति गर्नेलाई प्रतिबन्ध ः मन्त्री राई

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ९, सोमबार

शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले संविधानविपरीत धर्मका नाममा राजनीति गर्नेलाई प्रतिबन्ध लगाइने बताउनुभएको छ । नेपाल ख्रिस्टीयन महासङ्घले पुनरुत्थान इस्टर पर्वका अवसरमा आइतबार यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले सबैले आ–आफ्ना धर्म मान्न पाउने स्वतन्त्रता भए पनि धर्मका नाममा केही तत्व सल्बलाइरहेको बताउनुभयो । “धर्मका नाममा राजनीति गर्नेलाई पाखा लगाउनुपर्छ, संविधानका दृष्टिमा सबै जातजाति, भाषाभाषी, धर्म र सम्प्रदायका मानिस समान हुन्छन्, धर्मका नाममा राजनीति गरेर कसैले अस्थिरता निम्त्याउनुहुन्न”, मन्त्री राईले भन्नुभयो । विकास निर्माणमा सत्तापक्ष र प्रतिपक्ष नहुने भएकाले नेपाली काङ्ग्रेसलाई पनि रचनात्मक सहयोग गर्न उहाँले आह्वान गर्नुभयो । काङ्ग्रेस नेता रामहरि खतिवडाले दुई तिहाइका सरकारले दम्भ देखाउने र पूरा हुन नसक्ने सपना बाँडेर समय खर्च गरिरहेको आरोप लगाउनुभयो । नेपाल कम्युनिष्ट पार्टी नेकपा का नेता झक्कुप्रसाद सुवेदीले सरकारले काम गर्ने बाटो समाएकाले उपलब्धिको मूल्याङ्कन गर्न केही समय कुर्नुपर्ने बताउनुभयो । कार्यक्रममा महासङ्घका अध्यक्ष सिवी गहतराज लगायतले सरकारको दृष्टिमा सबै धर्म समान हुनुपर्छ भन्नुभयो ।
Categorized in राष्ट्रिय