STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

धनुषामा गोली प्रहारबाट एक जनाको हत्या

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक ६, बुधबार

आज बिहान करिब सवा ९ बजेतिर जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ मुजेलियाका पंकज चौधरीले गोली चलाउँदा जनकपुरधाम वडा नम्बर १ बस्ने मनोज साहको मृत्यु भएको प्रजिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए । प्रहरीले घरधनी चौधरीलाई पक्राउ परेको छ। उनले नै साहको गोली हानी हत्या गरेको पुष्टि भएको एसपी खनालले बताए। गोली हानेर उनी छिमेकीको घरमा लुकेका थिए, घर घेरा हालेर हामीले चौधरीलाई पक्राउ गरेका छौं, खनालले सेतोपाटीसँग भने। घटनास्थलबाट प्रहरीले दुई वटा पेस्तोल र २२ राउण्ड गोली बरामद गरेको छ। ठेक्का पट्टामा संलग्न दुई जनाबीच लेनदेनको विषयमा मनमुटाव हुँदा गोली चलेको प्रहरीले बताएको छ।
Categorized in अपराध-दुर्घटना