STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

धनगढीको सारथी अस्पतालसहित ८ वटा पसलमा आगलागी

Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर २, शनिबार

काठमाडौं - धनगढीमा विद्युत सर्ट भएर आगलागी भएको छ ।

धनगढीको मुख्य बजारमा रहेको खाद्य संस्थानको भवनमा रहेको सारथी अस्पतालसहितका पसलमा शनिबार बिहान करिब १ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रमुख प्रहरी उपरीक्षक (एसपी) देवेन्द्र पालले विद्युत सर्ट भएर आगलागी हुँदा सारथी अस्पताल, भण्डारी सुज सेन्टर लगायतका पसलमा क्षति पुगेको जानकारी दिए ।

स्थानीय दलबहादुर भण्डारीले सञ्चालन गरेको सुज सेन्टरमा एक्कासि विद्युत सर्ट भएर आगलागी भएको एसपी पालले बताए । उनका अनुसार चार वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।

आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयसहित नेपाली सेनाको तेघरी ब्यारेक र सशस्त्र प्रहरीको नम्बर ३४ गणको टोलीसमेत परिचालन गरिएको थियो ।

आगलागीबाट सारथी अस्पताल र भण्डारी सुज सेन्टरसँग जोडिएका अन्य ८ वटा पसलमा समेत क्षति भएको छ । क्षतिको यकिन विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।

Categorized in अपराध-दुर्घटना