STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दोमुखा क्षेत्र आकर्षक गन्तव्य

Janjati Khabar – जनजाति खबर | २०७६ पौष २७, आइतबार

झापाको शिवसताक्षी नगरपालिका–१० मा रहेको दोमुखा क्षेत्र आकर्षक गन्तव्य बनेको छ । अहिले यहाँ क्षेत्रमा दैनिक वनभोजका लागि दुई हजार ५०० बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । इलामको महमाई नगरपालिकासँग सीमा जोडिएको सो क्षेत्रमा देखिने हरिया चुरे पहाड, कनकाई नदीमा ड्यामबाट झरेको पानी, नदी किनारमा रहेको समथल भू–भागमा बनाएको कृत्रिम उद्यान नै पर्यटकका लागि थप आकर्षणका केन्द्र हुन् । विशेषगरी मङ्सिर, पुस, माघ र फागुन महिना वनभोजको महिना भएको हुँदा दैनिक आन्तरिक तथा बाह्य गरी दुई हजार ५०० पर्यटक आउने गरेको दोमुखा धार्मिक तथा पर्यटकीय विकास क्षेत्रका अध्यक्ष धनबहादुर लावतीले जानकारी दिनुभयो । पूर्वपश्चिम राजमार्गको माईधार चोकबाट करीब चार किलोमिटर उत्तर रहेको सो क्षेत्रमा नगरभित्रकै सबैभन्दा सुविधासम्पन्न होटलसहित ठूला–साना गरी आधा दर्जन होटल सञ्चालनमा छन् । होटलमा कनकाई नदीमा पाइने माछा, घुँगी, गङ्गटाहरुसमेत पाइने गरेको छ । झापाका अन्य पर्यटकीय क्षेत्रभन्दा पृथक रहेको सलल बग्ने कनकाई नदी किनारमा रहेको यस सुन्दर पर्यटकीय क्षेत्रको पर्यापर्यटन विकासका लागि थप पूवधार निर्माण गर्न सङ्घीय र स्थानीय सरकारले चालू आर्थिक वर्षमा रु ४०÷४० लाख रकम विनियोजन गरेका छन् । रु २३ करोड लगानीमा सो क्षेत्रको पर्यापर्यटन पूर्वाधार विकास अगाडि बढेको छ । उद्यानमा जिल्लामा रहेका विभिन्न जातजातिका पहिचान झल्कने सामग्री राखिने छ । नदीकै काखमा रहेको यस क्षेत्रमा फिसिङ गर्न चाहनेका लागि व्यवस्था गर्न सक्ने हो यसले जिल्लामै छुट्टै पहिचान बनाएर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न सक्ने अध्यक्ष लावतीले बताउनुभयो ।
Categorized in राष्ट्रिय