STC 810x100 adv
janswastha 11 11 78

देउवा पुत्रको आज विवाह, उपहार नल्याउन आग्रह

Janjati Khabar – Janjati Khabar | २०८० माघ २१, आइतबार

काठमाडौँ - नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पुत्र जयवीर सिंह देउवा गायिका शिवाना श्रेष्ठबिच आज विवाह हुँदै छ ।  बिहेका निम्तालुलाई फूल माला, खादा र उपहार नल्याउन आग्रह गरिएको छ ।

विवाह बूढानीलकण्ठबाटै पारिवारिक जमघटमा हुने भए पनि भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा पार्टीको आयोजना गरिएको छ ।  उक्त कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेता, उद्योगी, व्यापारी, कलाकार, पत्रकारसहित प्रतिष्ठित व्यक्तित्वहरूलाई निम्ता गरिएको देउवा निकट स्रोतले जनाएको छ ।

देउवा परिवारले पठाएको निम्तापत्रअनुसार आर्मी अफिसर्स क्लबमा फागुन २ गते सोमबार भोजको आयोजना गरिएको छ । जसअनुसार निम्तालुलाई साँझ साढे ६ बजेदेखि साढे ८ बजेसम्म उपस्थित हुन भनिएको छ ।

त्यसअघि आफन्त र निकटस्थहरूलाई होटल सोल्टीमा पनि पार्टी दिइनेछ । 

Categorized in राजनीति