
दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले वृद्धि
Janjati Khabar – Janjati Khabar | २०७९ फाल्गुण १९, शुक्रबार

काठमाडौं - सरकारले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले वृद्धि गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य एकैपटक प्रतिलिटर ९ रुपैयाँले वृद्धि गरेको हो।
दूधको मूल्य वृद्धिसँगै अब प्रतिलिटर दूधको मूल्य ६५ पुगेको छ । अहिले दूधको मूल्य प्रतिलिटर ५६ रुपैयाँ ४ पैसा रहेको छ।
हरेक दुई वर्षको मूल्य समायोजन गर्नुपर्ने नियम बनाइए पनि सरकारले एकै वर्षमा दुई पटक दूधको मूल्य वृद्धि गरेको छ ।
Categorized in बिजनेस